भीरकोटमा सामुदायिक भवन बन्दै
स्याङ्जा :
भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा सामुदायिक भवन बनाउन लागेको हो ।
समाजका अध्यक्ष क्याप्टेन मीनबहादुर केसीले तीन करोड रुपियाँको लागतमा निर्माण हुने सो भवन सात हजार १६५ वर्गफिट क्षेत्रफलमा रहने बताउनुभयो । क्षेत्री समाजले निर्माण गरे पनि सबै जातजातिले प्रयोग गर्न पाउने अध्यक्ष केसीले बताउनुभयो ।
भवन निर्माणका लागि लाग्ने बजेट सबै शुभेच्छुकसँग आर्थिक सङ्कलन गरेर बनाइनेछ भने समाजले भवन निर्माणको सहयोग गर्न सबैसँग अपिल गरेको छ । समाजका सदस्यहरू र शुभेच्छुकबाट १२ लाख सङकलन भएको समाजका सचिव लेखबहादुर केसीले बताउनुभयो ।
भवन निर्माणका लागि भीरकोट नगरपालिकाले १० लाख रुपियाँ रकम विनियोजन गरेको छ । भवन निर्माणको शिलान्यास गरिएको छ । अबको दुई बर्षभित्र आर्थिक जम्मा गरेर भवन निर्माण सकिनेछ ।
तीन तलामा रहने भवनमा सातसय अट्ने सभाहल, कार्यालय भवन,व्यापारिक सटर रहनेछन् । भवनको भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्य र समाजका अध्यक्ष केसीले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


