वालिङले सार्वजनिक गरिको बजेट प्रति उपप्रमुख तिवारीको असहमती,प्रमाणीकरण भईसकेको बजेट कार्यान्वयन गर्न माग ।
वालिङ :
वालिङ नगरपालिकाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको आर्थिक बर्ष २०८१/८२ को बजेट प्रति उपप्रमुख कविता तिवारी गैह्रेले असहमती जनाउनु भएको छ । नयाँ बजेट प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै उपप्रमुख तिवारीले समयमा नै नगरप्रमुख कृष्ण खाँणले प्रमाणीकरण गरेको बजेट कार्यान्वयन गर्न माग गर्नु भएको छ ।
उपप्रमुख तिवारीले निकाल्नु भएको बिज्ञप्तीमा भनिएको छ,“विधि सम्मत तरिकाले म मार्फत नगर सभामा प्रस्तुत भएको बजेट विभिन्न छलफल पछि नगर प्रमुखद्धारा प्रमाणीकरण भइसकेपछि सोही बजेट कार्यन्वयन नगरी निहित स्वार्थवस वालिङ नगरपालिकाको बजेट भनी गैह्रजिम्मेवार ढंगवाट अर्कै दस्तावेज वजेटको रुपमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।”
नागरिकको विकासको चाहानालाई बेवास्ता गर्दै आफू विदेश भएको समयमा निहित स्वार्थका लागि बजेट भन्दै दस्तावेज सार्वजनिक गरेको उपप्रमुख तिवारीको आरोप छ ।
बिज्ञप्तीमा बजेट जस्ताे विषयमा गरिएका निर्णयमा आफ्नो सहभागिता नभएको उहाँले प्रष्ट पार्नु भएको छ । यो कदम विधि र पद्धति माथिको ठाडो प्रहार भएको उहाँको बुझाई छ ।
विहिबार सार्वजनिक भएको बजेट कार्यन्वयन नगरी नगरसभामा आफूले प्रस्तुत गरेको र नगर प्रमुख द्वारा प्रमाणीकरण भइसकेको बजेट तत्काल कार्यन्वयन गर्न उपप्रमुख तिवारीको अपिल छ ।
सहमती सहकार्य र एकता वाट नगर विकासमा लाग्न आफू प्रतिवद्ध रहेको उहाँको भनाई छ ।
नगर प्रमुख खाँणले विहिबार पत्रकार सम्मेलन गरेर बजेट सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा वडाअध्यक्षहरु र केही कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
४ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…