वालिङ कर्मचारी बचतको अधिवेशन सम्पन्न,अध्यक्षमा गैह्रे ।
वालिङ :
वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाचौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । वालिङ नगरपालिकाभित्र कार्यरत शिक्षक तथा कर्मचारीहरुबाट सञ्चालित सहकारीको दोस्रो अधिवेशनबाट सञ्चालक समितिको अध्यक्षमा दोलराज गैह्रे निर्वाचित हुनु भएको छ । यसै गरी उपाध्यक्षमा देवी रेग्मी पौडेल, सचिवमा कृष्ण प्रसाद अर्याल, कोषाध्यक्षमा ईश्वरी प्रसाद तिवारी तथा सदस्यहरुमा पदम प्रसाद पाण्डे, प्रेमनारायण सुवेदी, रेनुकादेवी पाठक, माधव प्रसाद न्यौपाने, गणेश पौडेल क्षेत्री, ज्ञान कुमारी द्वारे खवास, जयन्ती कोइराला, बिजुला कोइराला र सुभाषचन्द्र अर्याल सहमतीका आधारमा निर्वाचित हुनुभएको छ ।
यसै गरी सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजक मणि प्रसाद पंगेनी निर्वाचित हुनुभएको छ । लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा रमा खनाल पाण्डे र कल्पना पौडेल निर्वाचित हुनु भएको छ । सहकारीमा २६५ जना शेयर सदस्य रहेकाछन् ।
कार्यक्रममा बोल्नु हुँदै वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले सहकारीले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा सहयोगी भूमिका खेलेको बताउनु भयो । कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले कर्मचारीहरुले सहकारी मार्फत एक आपसमा सहकार्यको काम गर्नु उदाहरणीय भएको बताउनु भयो ।
कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त पाठक, लगायतको उपस्थिति रहेको थियो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


