किचन सहयोगी तालिममा सहभागी युवाहरुलाई प्रमाणपत्र वितरण ।

वालिङ :
वालिङमा सञ्चालित किचन सहयोगी (कमी तेस्रा)े तालिममा सहभागि युवाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । श्रम,राजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,वैदेशिक रोजगार बोर्डको सचिवालयको आयोजना तथा कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टर,(सिटुटेक)को आयोजनामा तालिम सञ्चालन भएको हो ।
तालिममा सहभागी युवाहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले सिप अहिलेको समयमा अपरिहार्य पक्ष भएको बताउनु भयो । उहाँले भन्नुभयो,“सिप सिकेर गरेको जुनसुकै काममा सफलता मिल्छ,आम्दानी पनि राम्रो हुन्छ ।”विदेशको लागि सिप सिकेर जानु अति आवश्यक रहेको उहाँको भनाई छ ।
कार्यक्रममा प्रेस युनियन स्याङ्जाका निर्वत्मान अध्यक्ष प्रदिप कोईरालाले उपयुक्त सिपको अभावमा युवाहरुले स्वदेश तथा विदेशमा दुख पाईरहेको बताउनु भयो ।
तालिममा विदेशबाट फर्किएका ४० जना युवाहरु सहभागि रहेको सिटुटेकका गण्डकी प्रदेश संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । तालिम एक महिना सम्म सञ्चालन भएको थियो ।
तालिममा सहभागि युवाहरुले सिपको अभावमा विदेशमा दुख पाएको गुनासो गरेका थिए । सिप भएकाहरुले राम्रो काम गरेको आँखै अगाडि हेरेर बस्नु परेको भन्दै उनीहरुले सबै युवाले उपयुक्त सिप सिक्नु पर्नेमा जोड दिए ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…