गल्याङका मिडियाहरुको सहकार्य बढ्दै, दर खाने कार्यक्रम सम्पन्न ।
गल्याङ :
पछिल्लो समय स्याङजामा सक्रिय रुपमा कलम चलाउने पत्रकारहरु नयाँ नयाँ योजनाका साथ काम गरिरहेका छन । स्याङजाको तेस्रो ठुुलो बजारको रुपमा चिनिने गल्याङका पत्रकारहरु एकजुट हुन थालेका छन । उनीहरुले एक आपसमा सहकार्य गर्दै अगाडि बढ्न सुरु गरेका हुन् ।
महिलाहरुको हरितालिका तीजको अवसरका बुधवार गल्याङका पत्रकारहरुले सामुहिक दर खाएका छन । गल्याङमा बिगत लामो समयदेखि संचालनमा रहेका,लक्ष्मी टेलिभिजन,गल्याङ एफ,एम,हिमाल डिजिटल,हेर्नेकुरा डटकम र गल्याङ पोस्ट को संयुक्त आयोजनामा दर खाने कार्यक्रममको आयोजना गरिएको हो ।
लक्ष्मी टेलिभिजन सञ्चालक दधीराम पाण्डे अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ स्याङजाका अध्यक्ष श्रीकृष्ण सिग्देलले पत्रकारहरुको सामूहिक कार्यका लागि दर खाने कार्यक्रम प्रभावकारी हुने बताउनु भयो । उहाँले आगामी दिनमा गल्याङका कलम चलाउने पत्रकारहरुलाई हरेक क्षेत्रमा अगाडि बढाउन सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा महासंघ उपाध्यक्ष राधाकृष्ण डुम्रेले पत्रकारहरुको एकता र सहकार्यका लागि गरिएको कार्यक्रम प्रभावकारी रहेको बताउनु भयो । गल्याङका पत्रकारले गरेको काम उदाहरणीय भएको र महासंघले पनि यस्ता खालका कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्दब्य राख्दै नेपाल टेलिभिजन जिल्ला संवाददाता हिमाल न्यौपानेले गल्याङका हरेक पत्रकार फरक मिडियामा आवद्ध भएतापनी सबै एकै ठाँउमा रहेको सन्देश दिन दर खाने कार्यक्रम गरिएको बताउनु भयो ।
त्यसैगरी स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय सदस्य टिकाराम अधिकारीले बिगत केहि बर्ष अगाडि गल्याङमा सक्रिय पत्रकार नहुदा सबैले स्याङजाको कर्णली भन्ने गर्दथे तर पछिल्लो समय पत्रकारको उदय भएपछी काम गर्न धेरै सहज भएको बताउनुभयो ।
कार्यक्रमा गल्याङ पोष्टका संचालक टिकाराम अकिारीको शुभ जन्मदीन परेकाले शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रममको संचालन गल्याङ एफएमका प्रवन्धक केपि खनालले गर्नुभयो थियो
औपचारीक कार्यक्रम समापन गर्दै लक्ष्मी टेलिभिजनका संचालन दधीराम पाण्डेले हरेक क्षेत्रमा सहयोग गरेर पत्रकारको हक हितका लागी सहयोग गर्ने बताउनुभयो । हेर्नेकुरा डटकम संचालक भुषराज बस्यालले आफु उपस्थीत हुुन नपाएपनी संगै भएको आभास भएको भिडियो कलमार्फत जानकारी गराउनु भयो । औपचारिक कार्यक्रम समापन संगै पत्रकार र पत्रकारका परिवार बिच दर खाएर कार्यक्रमको समापन भएको थियो ।
समाचार
थप सामाग्रीवालिङ क्याम्पस,स्ववियुको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न ।
३ दिन अगाडि
वालिङ : स्याङजाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पस,स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत…