स्याङ्जा क्षेत्र नम्बर २ को निर्वाचनमा परेको मुद्दा खारेज,निर्वाचन आयोगको निर्णय सदर
काठमाडौ :
स्याङ्जाको क्षेत्र नम्बर २ मा निर्वाचनको समयमा बुध कब्जा भएको भनी सर्बोच्चमा परेको रिट खारेज भएको छ ।
बुधबार न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ,प्रकाशमान सिंह राउत,सपना प्रधान मल्ल,प्रकाश कुमार ढुंगाना,कुमार रेग्मीकाे इजलासले उक्त रिट खारेज गर्दै निर्वाचन आयोगको निर्णयलाई सदर गरेको हाे ।
२०७९ सालको निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ को निर्वाचनमा धादली भएको भन्दै निर्वाचन परिणाम आएपछि नेकपा एमालेबाट प्रदेश सांसदका उम्मेदवार बुद्धिमान श्रेष्ठले २०७९ पौष १४ गते सर्बोच्चमा प्रतिवादीहरु महेश भट्टराई , भोजराज अर्याल , धनराज गुरुङ , निर्वाचन आयोग कान्तिपथ काठमाडौं / जिल्ला निर्वाचन कार्यालय स्याङ्जा लाइ रिट निवेदन दर्ता गराउनु भएको थियो ।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
४ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…