लोक संस्कृति नेपाली समाजको सम्पति हो : सांसद तिवारी
स्याङ्जा :
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति स्याङ्जाले २३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । प्रतिष्ठानले सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमसहित आफ्नो २३ औं वार्षिक साधारणसभा शनिबार वालिङमा सम्पन्न गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद कल्पना तिवारीले लोक दोहोरीले नेपाली समाजको सम्पति भएको बताइन् । यसलाई जीवन्तता दिन सरकारले चासो दिनुपर्ने धारणा सांसद तिवारीको थियो । लोक कलामा हाम्रो जीवन बोलेको हुन्छ सांसद तिवारीले भनिन्,‘हरेक नागरिकको मनमा लोकगीत संगित अझै विद्यमान रहेको छ ।’ यस्ता कार्यक्रमहरु नव प्रतिभाहरुका लागि राम्रो अवसर भएकाले सोही अनुसार हामीले उपयोग गर्दै जानुपर्छ सांसद तिवारीले भनिन् ।
राज्य भनेको अभिभावक हो सांसद तिवारीले भनिन्,‘राज्यमा हामी फूल्न र खुल्न पाउनुपर्छ ।’ लोक संस्कृतिलाई जोगाउने र बचाउने दायीत्व हाम्रो काँधमा आएको छ उनले भनिन् । महिलाहरुका लागि पहिला गायन क्षेत्रमा निकै समस्या र चुनौति रहेको उल्लेख गर्दै सांसद तिवारीले देशमा लोकतन्त्र आएपछि केही सहज हुँदै आएको बताइन् । अझै पनि समाजमा महिलाहरु खुल्न नसकेको उल्लेख गर्दै तिवारीले सामाजिक संघ संस्थाकासाथै यस्ता कार्यक्रमहरुमा सहभागी भएर अगाडि बढ्न आग्रह गरीन् ।
हाम्रो घर आँगनमा आइरहेको तीज पर्वलाई सुसंस्कृत र मर्यादितरुपमा मनाउनुपर्नेमा उनले जोड दिए । तीजले नारीहरुको सुख दुःखको भोगाई बोल्ने सामाजिक परम्परालाई आत्मसाथ गर्दै मनाउनुपर्ने भन्दै गण्डकी प्रदेश सांसद तिवारीले भड्किलो होइन, आफ्नो परम्परागत मर्यादा कायम हुनेगरी मनाउन अनुरोध गरीन् ।
“हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन” भन्ने मूल नारासहित प्रतिष्ठानको २३ औं वार्षिक साधारणसभा कार्यक्रममा गायनसँगै आकर्षक नृत्य प्रस्तुत गरिएको थियो । प्रतिष्ठानको केन्द्रीय समितिको निर्णय अनुसार भदौ ८ गते एकैदिन देशभरका जिल्ला कार्य समिति र सो सरहका समितिहरुको वार्षिक साधारणसभा गर्ने कार्यक्रम अनुसार स्याङ्जाले पनि आफ्नो २३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


