महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित ।
काठमाण्डौ:
काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले भारतमाथि जित निकालेको छ। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपालले भारतमाथि ३-२ को सेटमा जित निकालेको हो।
पहिलो खेलमा श्रीलंकालाई हराएको नेपालको यो लगातार दोस्रो जित हो।
खेलमा नेपालले पहिलो सेट २५-१८ ले जितेको थियो। दोस्रो सेटमा भारत २५-१२ ले जितेसँगै खेल १/१ को स्थितिमा आयो। तेस्रो सेटमा नेपालले २५- १७ ले जित्यो भने चौथो सेटमा भारत २५-१८ ले विजयी भयो।
निर्णायक पाँचौ सेट १५-१३ ले विजयी भएसँगै नेपालले ऐतिहासिक जित निकाल्यो।
अब नेपालले तेस्रो खेलमा आइतबार इरानसँग खेल्नेछ। नेपाल, इरान, श्रीलंका, भारत र माल्दिभ्स गरी पाँच टोली सुरुमा एकआपासमा भिड्नेछन्। प्रत्येक दिन दुई खेल हुनेछ। सेमिफाइनल अगस्ट ६ र फाइनल खेल अगस्ट ७ मा हुनेछ।
लिग चरणमा पुछारको पाँचौं स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछ। शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउँनेछन्।
अगस्ट ६ मा लिगको शीर्ष स्थानको टोली र चौथो स्थानमा रहने टोलीबीच तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच सेमिफाइनल हुनेछ।
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


