कमल पंगेनीको छैठौं स्मृतिमा स्याङ्जामा रक्तदान
स्याङ्जा : नेपाली काङ्ग्रेस स्याङ्जाका तत्कालीन सभापति एवं संविधानसभा सदस्य स्वर्गीय कमल पंगेनीको छैठो स्मृतिमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति स्याङ्जाको आयोजनामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालयमा भएको उक्त रक्तदानमा नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङ,नेपाली काङ्ग्रेस जिल्ला पार्टी सभापति सांसद राजु थापा,गण्डकी प्रदेश सांसद भोजराज अर्याल र कल्पना तिवारी,पुतलीबजार नगर प्रमुख तुल्सिराम रेग्मी भिरकोट नगरपालिका नगर प्रमुख गोबिन्द कर्माचार्य चापाकोट नगरपालिका नगर प्रमुख देव बहादुर खाण लगायत पार्टीका पदाधिकारी एवम् शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।
नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ३५ जनाले रक्तदान गर्नुभएको थियो । पार्टी सभापति सांसद राजु थापाले रक्तदान गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
समाचार
थप सामाग्री
साहित्यकार अर्याल र पल्लव सम्मानित
२ हप्ता अगाडि
वालिङ: साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले स्याङ्जाको वालिङमा गरेको कार्यक्रममा…


