कमल पंगेनीको छैठौं स्मृतिमा स्याङ्जामा रक्तदान

स्याङ्जा : नेपाली काङ्ग्रेस स्याङ्जाका तत्कालीन सभापति एवं संविधानसभा सदस्य स्वर्गीय कमल पंगेनीको छैठो स्मृतिमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति स्याङ्जाको आयोजनामा  आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालयमा भएको उक्त रक्तदानमा नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङ,नेपाली काङ्ग्रेस जिल्ला पार्टी सभापति सांसद राजु थापा,गण्डकी प्रदेश सांसद भोजराज अर्याल र कल्पना तिवारी,पुतलीबजार नगर प्रमुख तुल्सिराम रेग्मी भिरकोट नगरपालिका नगर प्रमुख गोबिन्द कर्माचार्य चापाकोट नगरपालिका नगर प्रमुख देव बहादुर खाण लगायत पार्टीका पदाधिकारी एवम् शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ३५ जनाले रक्तदान गर्नुभएको थियो । पार्टी सभापति सांसद राजु थापाले रक्तदान गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP