कमल पंगेनीको सम्झनामा लक्ष्यवर्ती बालियो,रक्तदान र शालिक शिलन्यास
वालिङ :
नेपाली कांगे्रस स्याङ्जाका तत्कालिन जिल्ला सभापति तथा संविधान सभा सदस्य स्व. कमलप्रसाद पंगेनीको छैठौँ स्मृति दिवसका अवसरमा स्याङ्जामा विभिन्न कार्यक्रम गरिएको छ । स्मृति दिवसका अवसरमा रक्तदान, लक्ष्यवतर््ी दीप प्रज्वलन, रक्तदान कार्यक्रमका साथै शालिक स्थापनाको लागि शिलन्यास गरिएको छ ।
कालीगण्डकी तट रामनदी धाम राम्दीमा लक्ष्यवर्ती दीप प्रज्वलन एवं भजन किर्तन कार्यक्रम गरिएको हो । स्व. पंगेनीको छैठौँ स्मृति दिवसको अवसरमा नेपाली कांगे्रसका दिवंगत शिर्ष नेताहरु एवंम नेपाली कांगे्रस भित्र रहेर देश र समाजका लागी विषेश योगदान पु¥याउने स्याङ्जाका दिवंगत योद्धाहरुको सम्झना र सम्मानमा दीप प्रज्वलन एवं भजन किर्तन गरिएको हो ।
कार्यक्रममा नेपाली कांगे्रसका केन्द्रिय उपसभापति तथा संघीय सांसद एवं पर्व मन्त्री धनराज गुरुङले स्व. पंगेनीले देख्नुभएको सपना तथा कार्ययोजनाहरुले पुर्णता पाउन सकेमात्र उहाँप्रति सच्चा श्रद्धान्जली हुने बताउनुभयो । स्वर्गिय पंगेनीले पार्टीप्रति पु¥याउनुभएको योगदान अतुलनीय रहेको उपसभापति गुरुङले बताउनुभयो । एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति र नकरात्मक सोँचाईको अन्त्य भएमा पार्टी थप शसक्त हुने उहाँको भनाई छ । कार्यक्रममा कांगे्रस केन्द्रिय सदस्य सरस्वति अर्याल तिवारीले स्याङ्जाले एक अभिभावक गुमाएको भन्दै उहाँका सपनाहरु पुरा गरी स्याङ्जामा कांगे्रसलाई बलियो बनाएमा उहाँप्रति सच्चा श्रद्धान्जली हुने बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सांसद राजु थापाले पार्टीको कुशल संगठक, धेरै संर्घष गरेका व्यक्ति स्वं पंगेनीको स्मरण गर्दै अग्रजहरुको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । साथै नेता थापाले गुटले पार्टी कमजोर बन्दै गएको भन्दै एकताको सन्देश प्रवाह गर्दै पार्टीलाई सशक्त बनाउनुपर्नेमा उहाँको जोड छ ।
कार्यक्रममा संविधान सभा सदस्य मोहनप्रसाद पाण्डे, गण्डकी प्रदेश सभा सांसद महेश भट्टराई, कांगे्रसका नेता छायाराम खनाल, कार्यक्रम संयोजक पदमप्रसाद पाण्डेलगायतले आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रम कमल पंगेनी स्मृति प्रतिष्ठानका अध्यक्ष लिलाप्रसाद पंगेनीको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत जिल्ला कार्यबहाक सभापति केदार काफ्ले र संचालन जिल्ला सचिव दामोदर लम्सालले गर्नुभएको थियो ।
त्यस्तै स्मृति दिवस पारेर नेपाली काग्रेस स्याङ्जाले पार्टी कार्यालय पुतलीबजार १ मा रक्तदान गरेको छ । स्व पंगेनीको सम्झनामा नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको सहकार्यमा गरिएको रक्तदानमा ३५ युनिट रगत संकलन भएको थियो । ५ जना महिला र ३० जना पुरुषले रक्तदान गरेका थिए । स्वं पंगेनीको २०७५ साउन २० गते हृदयघातका कारणे घर भिरकोट ६ मा निधन भएको थियो । रक्तदानमा जिल्ला सभापति राजु थापाले स्व कमल पंगेनी सच्चा नेता भएको बताउदै उहाँको योगदानको उच्च कदर गर्दै अधुरा सपना पार्टीले पुरा गर्ने बताउनुभो । यस्तै भीरकोट १ बयरघारी बजारमा स्व पंगेनीको शालिक स्थापना शिलन्यास समेत गरिएको छ ।
कमल पंगेनी स्मृति प्रतिष्ठान २०७७ भीरकोट ६ को आयोजनामा आयोजित शिलन्यास कार्यक्रमको उद्दघाटन भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले गर्नुभएको छ । शिलन्यास कार्यक्रममा नगरप्रमुख कर्माचार्यले तत्कालिन जिल्ला सभापति तथा संविधान सभा सदस्य पंगेनी एक सच्चा, इमान्दर नेता भएको भन्दै उहाँको विचार कहिल्यै भुल्न नसकिने बताउनुभयो ।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
५ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…