पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज आफ्नै भवनमा सर्ने, नयाँ भवनको शिलन्यास
पोखरा :
पोखरा नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेज पोखरा– २७, रिट्ठेपानीमा स्थानान्तरण हुने भएको छ । रिट्ठेपानीमा शैक्षिक भवन र अर्घौंमा मेडिकल कलेज निर्माण सुरु गरिएको छ ।
मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष खुमाप्रसाद अर्यालले दुवै भवनको शिलान्यास गर्दै गण्डकी मेडिकल कलेज गण्डकी क्षेत्रकै अग्रणी र जिम्मेवार संस्था रहेको दाबी गर्नुभयो ।
उहाँले पोखरामा बढ्दै गएको जनघनत्वलाई मध्यनजर गरेर लेखनाथमा कलेज स्थानान्तरण गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नयाँबजारबाट रिट्ठेपानीमा कलेज सार्न लागेका छौँ । अब अस्पताललाई थप व्यवस्थित गरेर चलाउँछौँ ।” उहाँका अनुसार टिचिङ अस्पताल र शैक्षिक भवन पूर्ण रूपमा लेखनाथ हुने छन् भने नयाँबजारमा सिटी अस्पताल मात्रै चल्ने छ । अध्यक्ष अर्यालले दूरदराजका बिरामीले असाध्य रोगको उपचारका लागि काठमाडौँ र विदेश धाउनुपर्ने बाध्यता रहँदै आएको बताउँदै आफ्नो समूह विस्तारै यसको अन्त्य गर्न लागि परेको उल्लेख गर्नुभयो । उहाँले कलेजलाई अझै विस्तार गर्दै अत्याधुनिक प्रविधिबाट अस्पतालमा उपचार गर्ने गरी प्रक्रिया अघि बढाएको बताउनुभयो । नेपालको मेडिकल शिक्षा विश्वमै अब्बल रहेको भन्दै उहाँले अझै उत्कृष्ट बनाउन कतिपय सरकारी नीतिलाई व्यावहारिक बनाउनुपर्नेमा जोड दिनुभयो । सरकारी नीति सुधार भयो भने मेडिकल कलेजको भविष्य अझै राम्रो हुने दाबी अध्यक्ष अर्यालले गर्नुभयो ।
कलेजको नयाँ बन्ने अस्पताल भवन ७५० शय्याको बन्ने प्रमुख कार्यकारी अधिकृत डा. रवीन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हाल ५५० शय्याको स्वीकृति रहेको अस्पतालमा शय्या थप गर्न प्रक्रिया अघि बढाइएको छ । भवन निर्माणमा करिब तीन अर्ब लागत अनुमान गरिएको छ । २०६४ सालमा स्थापना भएको टिचिङ अस्पतालबाट हालसम्म एमबिबिएस र बिडिएसतर्फ ६५९ जना र नर्सिङ तथा एलाइड साइन्सेजतर्फ २२१ जना, एमडी, एमएस तथा एमपिएचमा ५० जना दक्ष जनशक्ति उत्पादन भइसकेका छन् । संस्थामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा एक हजार दुई सयभन्दा बढीले रोजगारी पाएका छन् । अस्पतालबाट बर्सेनि दुई लाख बिरामीले उपचार सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ । हालसम्म अस्पतालको भौतिक संरचनामा मात्रै पाँच अर्बभन्दा बढी लगानी गरिसकेको श्रेष्ठले बताउनुभयो । अस्पतालबाट सरकारले सञ्चालन गरेका निःशुल्क सेवा, भूतपूर्व भारतीय सैनिकको इसिएचएस, कर्मचारी सञ्चयकोषका सञ्चयकर्तालाई विशेष छुट दिइएको र विभिन्न संस्थासँग सहकार्यमा सुलभ सुविधा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
अस्पतालले नेपाल पत्रकार महासङ्घ कास्कीसँग सहकार्य गरी पत्रकारलाई विशेष छुट दिएको छ । अस्पतालबाट ब्लड बैङ्क, एमआरआई, सिटी स्क्यान, क्याथ ल्याब जस्ता सेवा प्रदान भइरहेको प्रमुख कार्यकारी अधिकृत डा. श्रेष्ठले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


