व्युटिपार्लर एशोसियसन स्याङ्जाद्धारा तिजको अवसरमा शुभकामना आदानप्रदान
वालिङ :
व्युटिपार्लर एशोसियसन स्याङ्जाद्धारा महिलाहरुको महानपर्व हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले हाम्रा संस्कार र संस्कृतिको जर्गेणा गर्न यस्ता शुभकामना आदानप्रदान तथा जमघट कार्यक्रमले टेवा पु¥याउने बताउनुभयो ।
सौन्दर्य पेशाले महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाएको भन्दै आँफूले पनि सौन्दर्य कलाको तालिम लिएको स्मरण गर्दै पछिल्लो सयम यसको दायरा फराकिलो भएको बताउनुभयो । साथै उहाँले सौन्र्दय कला सिपले व्यक्तिलाई आत्मविश्वासी बनाउने भन्दै व्यवसायिक रुपमा अगाडि बढ्दा सुनौतीसंगै अवसरहरु पनि रहेको प्रजिअ नेपालले बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ व्युटिसियन चिनु गुरुङले सौन्दर्यकला पेशामा धेरै चुनौती रहेको भन्दै यो पेशाले देशको अर्थतन्त्रलाई बलियो बनाउन मद्दत गरिरहेको बताउनुभयो । साथै उहाँले चुनौतीका बाबजुद सौन्दर्यकला पेशामा महिला दिदिबहिनीहरुको आर्कषण बढिरहेको भन्दै सिप जिवनको महत्वपुर्ण पक्ष भएको वरिष्ठ व्युटिसियन गुरुङको भनाई छ ।
कार्यक्रममा एशोसियसन स्याङ्जाका संस्थापक अध्यक्ष चुत्रकुमारी थापा दुर्गा, एशोसियसनका निर्वतनमा कानुनी सल्लाहकार दिपक लम्साल, एशोसियसनका निर्वतमान प्रेस सल्लाहकार राधाकृष्ण डुम्रे, उद्योग वाणिज्यसंघ महिला उद्यमी विकास समिति अध्यक्ष मन्जु केसीलगायतले तिज पर्वको शुभकामना व्यक्त गर्दै तिज पर्वलाई तडकभडकरहित मनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम एशोसियसन स्याङ्जाका अध्यक्ष पमिला गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष माया गोर्खाली र संचालन सचिव नविना गुरुङले गर्नुभएको थियो ।
कार्यक्रममा निर्वतमान कार्यसमिति अध्यक्ष पष्पा अर्यालले आफ्नो दुई कार्यकालमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै एशोसियसनका संस्थापक अध्यक्ष चुत्रकुमारी थापा दुर्गा, एशोसियसनका पुर्व अध्यक्ष लिसु अधिकारी, निर्वतमान कानुनी सल्लाहकार दिपक लम्साल, निर्वतमान प्रेस सल्लाहकार राधाकृष्ण डुम्रेलाई सम्मान गर्नुभएको थियो । एशोसियसनको अधिवेसन पोखरामा गरिएकाले आफ्नो कार्यकालमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएका तर पोखरामा सहभागि हुन नसक्नुभएका अग्रजहरुलाई शुक्रबारको कार्यक्रममा सम्मान गरिएको निर्वतमान अध्यक्ष अर्यालले बताउनुभयो ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
५ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…