वालिङ बैकर्स क्लवको अध्यक्षमा अर्याल
स्याङ्जा :
वालिङ भित्र रहेका बैंकका शाखा प्रमुखहरुको वित्तिय संस्था वालिङ बैकर्स क्लवको बिशेष साधरणसभाबाट अध्यक्षमा प्रेमनारायण अर्याल चयन हुनु भएको छ । क्लवका अध्यक्ष उज्वल श्रेष्ठको सरुवा भएपछि रिक्त रहेको अध्यक्षमा उपाध्यक्ष अर्याललाई सर्वसहमतिले चयन गरिएको हो । अध्यक्षमा निर्वाचित हुनु भएका अर्याल गरिमा विकास बैंक वालिङ शाखाका प्रमुख हुनुहुन्छ । रिक्त रहको उपाध्यक्षमा एनएमवी बैंकका शाखा प्रमुख दीपक काफ्लेलाई चयन गरिएको छ भने अन्य पदाधिकारी भने पुरानै रहेको बैकर्स क्लवले जनाएको छ ।
सचिवमा राष्ट्रिय बाणिज्य बैंकका लिला गुरुङ्, कोषाध्यक्षमा प्रभु बैंकका सन्तोष पौडेल र सहसचिवमा लक्ष्मी सनराइज बैंकका मणी बस्याल रहेका छन् । सदस्यहरु वालिङ नगरपालिका भित्रका (क), (ख) र (ग) वर्गका बैंक तथा वित्तिय संस्थाका शाखा प्रमुख रहने व्यवस्था रहेको बैकर्स क्लवका पुर्व अध्यक्ष उज्वल श्रेष्ठले जानकारी दिनुभयो । यो क्लवमा बैंकका शाखा प्रमुखहरु मात्रै साधरण सदस्य बन्न पाउने व्यवस्था गरिएको छ ।
जिल्लाकै मध्यभागमा रहेको वालिङ नगरपालिका बैंकहरुको हवका रुपमा परिचित छ । अहिले सम्म (क), (ख) र (ग) वर्गका बैंकका २३ वटा शाखा रहेका छन् । क्लवले बैंकको सेवा सुविधा देखी सबै बैंकहरु बिचको समन्वयको भुमिका खेल्ने छ भने सामाजिक उत्तरदायीत्वमा काम गर्दै बैंक वित्तिय सचेतना कार्यक्रम संचालन गर्ने उदेश्य रहेको क्लवका नवनिर्वाचित अध्यक्ष प्रेमनारायण अर्यालले बताउनु भयो । बैंक—बैंकको समन्वय नहुँदा सेवाग्राहीमा पर्ने असुविधालाई सुविधामा जोड्ने गरी काम गर्ने अध्यक्ष अर्यालले बताउनु भयो ।

समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


