विद्युत् अवरुद्ध हुँदा स्याङजा र पाल्पाका करिब ४० हजार सेवाग्राही मर्कामा ।

aadhikhola hydro

 

काठमाण्डौ:
विद्युत् अवरुद्ध हुँदा बुटवल पावर कम्पनीका ४० हजार सेवाग्राही मर्कामा परेका छन् । अविरल वर्षासँगै स्याङजाको आँधीखोलामा आएको बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएको हो । स्याङ्जाको गल्याङ बुटवल पावर कम्पनी (बिपिसी)को आँधीखोला जलविद्युत् आयोजनाको बाँधस्थलमा क्षति पुर्‍याएपछि हिजोदेखि नै विद्युत् सेवा अवरुद्ध भएको हो ।

आँधीखोलामा पानीको सतह बढ्न गई पानी सङ्कलन पोखरीमा ढुङ्गा, गिट्टी, बालुवा भरिएको बुटवल पावर कम्पनी आँधीखोला जलविद्युत् केन्द्र गल्याङका प्रमुख डोल खरेलले बताउनुभयो । पानीको सतह बढिरहेकाले तत्काल पोखरी सफा गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

आँधीखोलाबाट उत्पादन भएको नौ दशमलव चार मेगावाट विद्युत् स्याङ्जाको दक्षिणी, पाल्पाको पूर्वी रामपुर नगरपालिका, रम्भा गाउँपालिका, गुल्मी जिल्लाका केही ठाउँ र पर्वतमासमेत विद्युत् अवरुद्ध छ । स्याङ्जाको वालिङ–६ मिर्दी बजार नजिकै वितरण लाइनको पोल बाढीले ढलाएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP