विद्युत् अवरुद्ध हुँदा स्याङजा र पाल्पाका करिब ४० हजार सेवाग्राही मर्कामा ।
काठमाण्डौ:
विद्युत् अवरुद्ध हुँदा बुटवल पावर कम्पनीका ४० हजार सेवाग्राही मर्कामा परेका छन् । अविरल वर्षासँगै स्याङजाको आँधीखोलामा आएको बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएको हो । स्याङ्जाको गल्याङ बुटवल पावर कम्पनी (बिपिसी)को आँधीखोला जलविद्युत् आयोजनाको बाँधस्थलमा क्षति पुर्याएपछि हिजोदेखि नै विद्युत् सेवा अवरुद्ध भएको हो ।
आँधीखोलामा पानीको सतह बढ्न गई पानी सङ्कलन पोखरीमा ढुङ्गा, गिट्टी, बालुवा भरिएको बुटवल पावर कम्पनी आँधीखोला जलविद्युत् केन्द्र गल्याङका प्रमुख डोल खरेलले बताउनुभयो । पानीको सतह बढिरहेकाले तत्काल पोखरी सफा गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
आँधीखोलाबाट उत्पादन भएको नौ दशमलव चार मेगावाट विद्युत् स्याङ्जाको दक्षिणी, पाल्पाको पूर्वी रामपुर नगरपालिका, रम्भा गाउँपालिका, गुल्मी जिल्लाका केही ठाउँ र पर्वतमासमेत विद्युत् अवरुद्ध छ । स्याङ्जाको वालिङ–६ मिर्दी बजार नजिकै वितरण लाइनको पोल बाढीले ढलाएको छ ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


