मिलन समीरको ‘मिलन मन्त्र’ सार्वजनिक
वालिङ : स्याङ्जाका युवा साहित्यकार मिलन समीरको नयाँ कृति ‘मिलन मन्त्र’ विमोचन गरिएको छ । वैकल्पिक बाटो पृथक् पाइलाअन्तर्गत ‘समीर साँझ २०८१’ अर्थात् एकल मुक्तक वाचन का अवसरमा मिलन मन्त्र विमोचन तथा विमर्श गरिएको हो ।
युवा साहित्यकार समीरको मिलन मन्त्र चौथो कृति हो भने मुक्तक विधाको पहिलो हो । समीरले आफ्नो जन्मदिनका साथै ४२ औं बिपी स्मृति दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गर्नुभएको हो ।
मिलन मन्त्र विमोचन गर्नुहुँदै वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीले साहित्यले मानव जीवन बोल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “साहित्यले जीवनका भोगाइसँगै समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्छ ।”
कार्यक्रममा साहित्यकार यामप्रकाश खनालले कृति माथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । शिक्षण पेशासँगै साहित्य लेखनलाई निरन्तरता दिँदै आउनुभएका समीरको मिलन मन्त्र सरल र पठनीय कृति रहेको खनालको भनाइ छ ।
कार्यक्रममा कृतिकार समीरले एक दर्जन मुक्तक वाचन गर्नुभएको थियो । यस्तै कार्यक्रममा सहभागीहरुले पनि आ-आफ्ना रचना वाचन गरेका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


