मिलन समीरको ‘मिलन मन्त्र’ सार्वजनिक
वालिङ : स्याङ्जाका युवा साहित्यकार मिलन समीरको नयाँ कृति ‘मिलन मन्त्र’ विमोचन गरिएको छ । वैकल्पिक बाटो पृथक् पाइलाअन्तर्गत ‘समीर साँझ २०८१’ अर्थात् एकल मुक्तक वाचन का अवसरमा मिलन मन्त्र विमोचन तथा विमर्श गरिएको हो ।
युवा साहित्यकार समीरको मिलन मन्त्र चौथो कृति हो भने मुक्तक विधाको पहिलो हो । समीरले आफ्नो जन्मदिनका साथै ४२ औं बिपी स्मृति दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गर्नुभएको हो ।
मिलन मन्त्र विमोचन गर्नुहुँदै वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीले साहित्यले मानव जीवन बोल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “साहित्यले जीवनका भोगाइसँगै समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्छ ।”
कार्यक्रममा साहित्यकार यामप्रकाश खनालले कृति माथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । शिक्षण पेशासँगै साहित्य लेखनलाई निरन्तरता दिँदै आउनुभएका समीरको मिलन मन्त्र सरल र पठनीय कृति रहेको खनालको भनाइ छ ।
कार्यक्रममा कृतिकार समीरले एक दर्जन मुक्तक वाचन गर्नुभएको थियो । यस्तै कार्यक्रममा सहभागीहरुले पनि आ-आफ्ना रचना वाचन गरेका थिए ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


