कोरिया गएर फर्किएका कामदारका लागि पुनः कामको अवसर: आवेदन आह्वान ।
काठमाण्डौ:
वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएर फर्किएका कामदारका लागि पुनः कामको अवसर आएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाबाट काम गरी वैधानिक रुपमा फर्केका कामदारलाई पुनः पठाउने प्रक्रिया अन्तर्गत उम्मेदवारको छनोट गर्न विशेष कोरियन भाषा परीक्षा हुनेछ ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सूचना निकालेर कोरिया गएर फर्केका कामदारलाई पुनः कामदारको रूपमा पठाउनको लागि आवेदन आह्वान गरेको हो । ईपीएस मार्फत कोरिया गएको र सन् २०१० जनवरी १ पछि भिसा अवधि भित्रै स्वैच्छिक रूपमा नेपाल फर्केकाहरुले मात्रै आवेदन दिन पाउने ईपीएस कोरिया शाखाले जनाएको छ ।
त्यस्ता कामदारले कोरियाको उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा जान पाउनेछन् । आउँदो साउन ७ देखि ११ गतेसम्म आवेदन दिन सकिनेछ । परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुनेछ । परीक्षा तालिका भने भदौ २८ गते मात्रै सार्वजनिक गरिने सूचना उल्लेख छ । परीक्षाको नतिजा असोज २१ गते प्रकाशन हुनेछ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


