ब्युटिपार्लर एसोसिएसन स्याङ्जाको अध्यक्षमा गुरुङ

वालिङ :
ब्युटिपार्लर एसोसिएसन स्याङ्जाको अध्यक्षमा पमिला गुरुङ निर्वाचित हुनु भएको छ । नवगठित समितिको उपाध्यक्षमा माया गोर्खाली,सचिवमा नविना गुरुङ,सहसचिव रिमा थापा,कोषाध्यक्ष अरुणा थापा,सह कोषाध्यक्षमा लक्ष्मी शर्मा रहनु भएको छ ।
सदस्यहरुमा मन्जु भण्डारी,सजना श्रेष्ठ,गंगा बस्याल,संगिता एस्के,मिना रोका केसी,अन्जु शर्मा रेग्मी,रेखा पोख्रेल,अन्सु क्षेत्री,सलिमा मिया, रितु अर्याल क्षेत्री रहनु भएको एसोसिएसन स्याङ्जाका निवर्तमान् अध्यक्ष पुष्पा अर्याल रानाभाटले जानकारी दिनुभयो ।
ब्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेश, ब्युटि पार्लर एसोसिएसन स्याङ्जा, ब्युटिपार्लर एसोसिएसन कास्की, र ब्युटिपार्लर एसोसिएसन लेखनाथ एकाइको संयुक्त आयोजनामा पोखरामा भएको पदस्थापन कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिनु भएको हो । एसोसिएसन गण्डकी प्रदेश समतिको निर्वाचन समितिका संयोजक तथा कानुनी सल्लाहकार   अधिवक्ता गिता आचार्यले चार वटै समितिका सदस्यहरुलाई सपथ खुवाउन भएको हो ।
ब्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेश समितिको अध्यक्षमा बबिता केसी कार्की , कास्कीको अध्यक्षमा छायाँ ढकाल,लेखनाथ ईकाईको अध्यक्षमा सोमा शर्मा निर्वाचित हुनु भएको छ । गण्डकी प्रदेश सदस्यमा स्याङ्जाबाट लिसु अधिकारी र पुष्पा अर्याल निर्वाचित हुनु भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशका महिला अध्यक्ष तथा ब्युटिपार्लर एसोसिएसन नेपालका संस्थापक  एबं संरक्षक,बरिष्ट ब्युटिसियन चिनु गुरुङले नवनिर्वाचित समितिहरुलाई बधाई तथा शुभकामना दिनु भयो । कार्यक्रममा गुरुङले नयाँ जोस र जाँगरका साथ संस्थालाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । संस्थामा भएको कमी कमजोरीलाई सुधार गर्दै सामुहिक हितका लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
पोखरामा भएको कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट ब्युटिसियनहरु भेला भएका थिए ।

 

Facebook Comments Box
TOP