पहिरोमा परेर बेपत्ता भएका आफन्त खोज्न आएकाहरूलाई चितवनका होटलले नि:शुल्क खाना खुवाउने ।
चितवन:
चितवनको भरतपुर महानगरपालिका-२९, सिमलतालमा पहिरोमा परेर दुई बससँगै बेपत्ता यात्रुहरुको खोजीका लागि आएका आफन्तलाई चितवनका होटलहरुले नि:शुल्क खाना खुवाउने भएका छन् ।
होटल व्यवसायी संघ चितवनले पहिरोमा परेर बससँगै बेपत्ता भएकाहरुको खोजीका लागि आएकाहरुलाई नि:शुल्क खाना खुवाउने विज्ञप्ति निकालेर जानकारी दिएको छ । पहिरोमा परेर बेपत्ता भएकाहरुको उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरेको संघका अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिए ।
पहिरोमा परेर बेपत्ता भएका आफन्तको खोजी कार्यको लागि आउँदा खानरबस्न समस्या नहोस् भन्ने उद्देश्यले जिल्लाका विभिन्न होटलमा निस्शुल्क खान बस्नको व्यवस्था गरिएको भट्टले जानकारी दिए ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


