पहिरोमा परेर बेपत्ता भएका आफन्त खोज्न आएकाहरूलाई चितवनका होटलले नि:शुल्क खाना खुवाउने ।

चितवन:
चितवनको भरतपुर महानगरपालिका-२९, सिमलतालमा पहिरोमा परेर दुई बससँगै बेपत्ता यात्रुहरुको खोजीका लागि आएका आफन्तलाई चितवनका होटलहरुले नि:शुल्क खाना खुवाउने भएका छन् ।
होटल व्यवसायी संघ चितवनले पहिरोमा परेर बससँगै बेपत्ता भएकाहरुको खोजीका लागि आएकाहरुलाई नि:शुल्क खाना खुवाउने विज्ञप्ति निकालेर जानकारी दिएको छ । पहिरोमा परेर बेपत्ता भएकाहरुको उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरेको संघका अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिए ।
पहिरोमा परेर बेपत्ता भएका आफन्तको खोजी कार्यको लागि आउँदा खानरबस्न समस्या नहोस् भन्ने उद्देश्यले जिल्लाका विभिन्न होटलमा निस्शुल्क खान बस्नको व्यवस्था गरिएको भट्टले जानकारी दिए ।
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…