स्याङ्जामा पोखरीमा डुबेर एकै घरका दुई बालिकाको मृत्यु

स्याङ्जा :

स्याङ्जाको पुतलीबजार नगरपालिका–४ मा पानीको पोखरीमा डुबेर आइतबार एकै घरका दुई बालिकाको मृत्यु भएको छ ।

पुतलीबजार–४ रामकोष स्वाराका नरेन्द्रबहादुर थापाका छोरीहरु १४ वर्षकी लक्ष्मी थापा र १२ वर्षकी सुस्मिता थापाको दहमा डुबेर मृत्यु भएको हो ।। लक्ष्मी ९ कक्षा र सुस्मिता ५ कक्षामा पढ्छिन् ।

घरदेखि ५०० मिटर टाढा रहेको पधेँरोमा नुहाउन र लुगा धुन गएका बेलामा दहमा डुबेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनु भयाे । घटना बारे अनुसन्धान भई रहेको उहाँको भनाई छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP