अन्तरास्ट्रिय योग दिवस स्याङ्जामा पनि मनाईयो
वालिङ:
अन्तरास्ट्रिय योग दिवस स्याङ्जामा पनि मनाईएको छ । पतञ्जली योग समिति स्याङ्जाको आयोजनामा योग दिवस मनाईएको हो । दिवसका अवसरमा प्रभातफेरि गरिएको थियो । शसस्त्र प्रहरी गुल्म नं. ३० का शसस्त्र, जनपथ, टाफिक प्रहरी, विद्यार्थी, शिक्षक, उद्योगी व्यवासीसहित सर्वसाधारणको उल्लेख्ये सहभागिता रहेको प्रभातफेरीमा योग सम्बन्धी प्लेकार्ड र सचेतनामुलक नाराहरुको प्रर्दशनी गरिएको थियो ।
कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले योग साधनाबाट वालिङलाई रोगबाट मुक्त गर्दै सोँचको सुद्धताको लागी पतञ्जली योग समिति स्याङ्जासंग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका संस्थापक चैतन्यकृष्णले योग प्राणायम र ध्यानसंग सम्बन्धीत आध्यामिक प्रवचन गर्नुभएको थियो भने योग प्रशिक्षक देवमणी बस्यालले योग साधनाको प्रर्दशनी गर्नुभएको थियो ।
पतञ्जली योग समितिका अध्यक्ष नारायण तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महामन्त्री खगेन्द्रप्रसाद अर्यालले गर्नुभएको थियो भने स्वागत महिला योग समिति अध्यक्ष कविता भुषालले गर्नुभएको थियो । कार्यक्रममा गित, कविताहरु समेत प्रस्तुत गरिएको थियो ।
त्यस्तै उता अर्जुनचौपारी गाउंपालिकाको आयोजनामा बजार क्षत्रका आमा समुह युवा क्लब तथा पालिकाको कर्मचारिहरुको सहभागितामा बिश्व योग दिवस मनाइयको हो । आफु र समाजको लागि योग भन्ने मुल नाराको साथ मनाइएको कार्यक्रममा आयुर्वेद शाखाका कबिराज शिब प्रसाद अर्यालले योगको प्रशिक्षण दिदै उचित आहार बिहार र स्वस्थ जिवनशैलिको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा वडा नं १ का अधक्ष रण बहादुर थापाले योग र ध्यानलाई लागि पालिकाले सधैँ प्राथमिकता राखेको भन्दै निरन्तर योग गरेमा स्वस्थ भईने बताउनुभयो । अर्जुनचौपारि बजार, माटेथर र मजुवा बजार सरसफाई गरि कार्यक्रम समापन गरिएको थियो । कार्यक्रमको संचालन बैद्ये निरिक्षक ललित थापाले गर्नुभएको थियो भने स्वागत मन्तब्य स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत सन्तोश पौडेलले गर्नुभएको थियो ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …