युइएफए युरो २०२४ आजदेखि जर्मनीमा सुरु हुँदै, डिस होमले प्रत्यक्ष प्रसारण गर्ने ।
एजेन्सी:
युइएफए युरो २०२४ आजदेखि जर्मनीमा सुरु हुँदैछ । आयोजक र तीन पटकको च्याम्पियन जर्मनीले शुक्रबार म्युनिखमा हुने उद्घाटन खेलमा स्कटल्याण्डको सामना गर्दैछ ।
२४ शीर्ष युरोपियन टोलीहरू छ समूहमा विभाजित रहेका छन् । फाइनल जुलाई १४ मा बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ ।
घरेलु टोलीबाट खेल्न सन्यास लिएर पुनः फर्किएका अनुभवी मिडफिल्डर टोनी क्रुसको पुनरागमनसँगै युरोमा जर्मनीको उपाधि सम्भावना बलियो हुनेछ ।
डिफेन्डिङ च्याम्पियन इटाली, तीन पटकको विजेता स्पेन र २०१८ फिफा विश्वकपको फाइनलमा पुग्ने क्रोएसियासँगै कठिन समूह बी मा छन्।
सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता क्रिष्टियानो रोनाल्डो लगातार छैटौं पटक पोर्चुगल फुटबल टोलीको साथमा रहेका छन् । रोनाल्डो २५ खेलमा १४ गोलका साथ युरोमा समग्र स्कोरिङ चार्टमा शीर्ष स्थानमा छन् । रोनाल्डो २०२० संस्करणमा सर्वाधिक गोलकर्ता थिए र २०१६ मा पोर्चुगललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
दुई पटकको च्याम्पियन र २०२२ फिफा विश्वकपको फाइनलमा पुगेको फ्रान्स समूह डी बाट उपाधिका लागि अग्रपंक्तिमा रहेको छ ।
युरो कप डिस होमले प्रत्यक्ष प्रसारण गर्नेछ। प्रत्यक्ष प्रसारण प्रिमियर एचडी क्वालिटीमा हुने डिस होमले जनाएको छ।
समाचार
थप सामाग्री
पोखराकाे जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
१ महिना अगाडि
पोखरा : पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज (जिएमसी) मा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु भएकाे छ । डा….


