युइएफए युरो २०२४ आजदेखि जर्मनीमा सुरु हुँदै, डिस होमले प्रत्यक्ष प्रसारण गर्ने ।
एजेन्सी:
युइएफए युरो २०२४ आजदेखि जर्मनीमा सुरु हुँदैछ । आयोजक र तीन पटकको च्याम्पियन जर्मनीले शुक्रबार म्युनिखमा हुने उद्घाटन खेलमा स्कटल्याण्डको सामना गर्दैछ ।
२४ शीर्ष युरोपियन टोलीहरू छ समूहमा विभाजित रहेका छन् । फाइनल जुलाई १४ मा बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ ।
घरेलु टोलीबाट खेल्न सन्यास लिएर पुनः फर्किएका अनुभवी मिडफिल्डर टोनी क्रुसको पुनरागमनसँगै युरोमा जर्मनीको उपाधि सम्भावना बलियो हुनेछ ।
डिफेन्डिङ च्याम्पियन इटाली, तीन पटकको विजेता स्पेन र २०१८ फिफा विश्वकपको फाइनलमा पुग्ने क्रोएसियासँगै कठिन समूह बी मा छन्।
सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता क्रिष्टियानो रोनाल्डो लगातार छैटौं पटक पोर्चुगल फुटबल टोलीको साथमा रहेका छन् । रोनाल्डो २५ खेलमा १४ गोलका साथ युरोमा समग्र स्कोरिङ चार्टमा शीर्ष स्थानमा छन् । रोनाल्डो २०२० संस्करणमा सर्वाधिक गोलकर्ता थिए र २०१६ मा पोर्चुगललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
दुई पटकको च्याम्पियन र २०२२ फिफा विश्वकपको फाइनलमा पुगेको फ्रान्स समूह डी बाट उपाधिका लागि अग्रपंक्तिमा रहेको छ ।
युरो कप डिस होमले प्रत्यक्ष प्रसारण गर्नेछ। प्रत्यक्ष प्रसारण प्रिमियर एचडी क्वालिटीमा हुने डिस होमले जनाएको छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


