स्याङ्जा : चार हजार बढि विद्यार्थीमा १७२२ उत्तिर्ण ।
वालिङ :
माध्यमिक शिक्षा परिक्षा एसईई दिएका परिक्षार्थी मध्ये स्याङ्जामा १७२२ जनाले कक्षा ११ पढ्न पाउने भएका छन् । विहिबार सार्वजानिक एसईई परिक्षाको नजिता अनुसार जिल्लाका १७२२ जना उत्तिर्ण भएका हुन् । जिल्लामा ४ हजार ७२ जनाले गत चैत्रमा एसईई दिएका थिए ।
स्याङ्जामा १ जनाले मात्र ४ जिपिए प्राप्त गरेका छन् । स्याङ्जाको त्रिभुवन आर्दश नमुना माध्यमिक विद्यालयका शुसान्त मरासिनीले ४ जिपिए प्राप्त गर्नुभएको हो । पुतलीबजार नगरपालिका १ मा रहेको त्रिभुवनआर्दश नमुना माबिका मरासिनीले जिल्लानै टप गर्नु भएको विद्यालयको शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाले जनाएको छ ।
जिल्लामा साधारण तर्फ ३.६ देखि ४ जिपिए भित्रको जिपिए प्राप्त गर्ने १७२ जना रहेका छन् भने ३.६ देखि २ जिपिए भित्र ४४१ जना विद्यार्थी उत्तिर्ण भएका शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका अधिकृत तथा सुचना अधिकारी सुरेश सुवेदीले बताउनु भयो ।
उहाँका अनुसार ३.२ देखि २.८ जिपिए भित्र पर्ने ७१२ जना विद्यार्थी रहेका छन् भने २.४ देखि २.८ जिपिए प्राप्त गर्ने ३७७ र २.० देखि २.४ जिपिए ल्याउने २० जना गरी १ हजार ७२२ जनाले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन् । त्यस्तै ननगे्रड प्राप्तमा २ हजार १९२ जना रहेका छन् । त्यस्तै प्राविधिक तर्फ ३.७ देखि ४ जिपि भित्रको जिपिए प्राप्त गर्ने २ जना, ३.६ देखि ३ जिपिए प्राप्त गर्ने १७ जना, २.८ देखि ३.२ प्राप्त गर्ने २४ जना र २.४ देखि २.८ जिपिए प्राप्त गर्ने ६ जना गरी ४९ जना उत्तिर्ण भएका छन भने प्राविधिकतर्फ १०९ जनाले एन जि अर्थात नन गे्रड प्राप्त गरेका छन् ।
समाचार
थप सामाग्रीस्याङ्जा आइसिसी भलिबल कपको उपाधि बिरुवालाई
३ हप्ता अगाडि
वालिङ : स्याङ्जा आइसिसी प्रथम भलिबल कप प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिले जितेको छ । सोमबार वालिङमा भएको फाइनल खेलमा पुतलीबजार…