एसईई परिक्षामा स्याङ्जाका १० विद्यालयका नजिता शुन्य

वालिङ :
स्याङ्जामा १० विद्यालयको नजिता शुन्य आएको छ । विहिबार सार्वजानिक गरिएको माध्यमिक शिक्षा परिक्षा एसईईको नजिता अनुसार जिल्लाका ८ पालिकाका १० विद्यालयहरुले कुनै नतिजा ल्याउन नसकेका हुन् । गत चैत्रमा जिल्लाका सामुदायिक तथा संस्थागत गरी १६९ विद्यालयका ४ हजार ७२ जनाले एसईई दिएका थिए ।
११ पालिका रहेको स्याङ्जाका वालिङमा १ विद्यालय, पुतलीबजारमा ३ विद्यालय, भीरकोटमा १ विद्यालय, गल्याङमा १ विद्यालय, चापाकोटमा १ विद्यालय, आँधीखोला, अर्जुनचौपारी र विरुवा गाउँपालिकाका १/१ विद्यालयले एसईईमा नतिजा शुन्य ल्याएका हुन् । नजिता शुन्य ल्याउने सबै सामुदायिक विद्यालय हुन् शुन्य नजिता ल्याउने १० विद्यालयबाट १४२ विद्यार्थीले एसइइ दिएका थिए । । आफ्नो नतिजामा चित्त नबुझे नजिता सार्वजानिक भएको १५ दिनभित्र अनलाईन माध्यमबाट पनि पुर्नयोगको लागी आवेदन दिन सक्ने व्यवस्था भने मिलाईएको छ । जिल्लाबाट ४ हजार ७२ विद्यार्थी मध्ये १७२२ जना विद्यार्थी एसईईमा उत्तिर्ण भएका थिए ।
राष्ट्रिय परिक्षा बोर्डले यस वर्ष पहिलोपटक नयाँ लेटर ग्रेडिङ प्रणालीबाट एसईईको नतिजा सार्वजनिक गरेको थियोे ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…