पुतलीबजारको बजेट १ अरब ३२ करोड
स्याङ्जा :
स्याङ्जाको पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । १५ औं नगर सभामा नगर प्रमुख तुलसीराम रेग्मीले नीति तथा कार्यक्रम र नगर उप प्रमुख देवी अर्यालले बजेट प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक वर्ष २०८१÷८२ का लागि नगर सभामा उप प्रमुख अर्यालले १ अरब ३२ करोड ३४ लाख ८ हजार रूपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । जसमध्ये चालू खर्च तर्फ रू ५९ करोड ६२ लाख ४० हजार अर्थात् ४०.५ प्रतिशत रहेको छ भने पूँजीगत खर्चतर्फ ७२ करोड ७१ लाख ६८ हजार अर्थात् ५४.९५ प्रतिशत रहेको छ।
पालिकाले बजेटमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ। सडक,पुल, सिंचाइ, भवन तथा सहरी विकास, संचार , उर्जा लगायतका पूर्वाधारको विकासका लागि ६६ करोड ६० लाख ५२ हजार १ सय रूपैयाँ विनियोजन गरिएको छ।
संस्थागत क्षमता विकास र सुशासन तर्फ २१ करोड १६ लाख ९१ हजार२ सय ५० विनियोजन गरिएको छ भने शिक्षा , स्वास्थ्य , खानेपानी,सरसफाई , संस्कृति संरक्षण , लैङ्गिक समता एवं सामजिक समावेशीकरणका लागि ३७ करोड ३ लाख १६ हजार १ सय ५० विनियोजन गरिएको छ। कृषी, पशु, सहकारी, पर्यटन , रोजगारी अन्तर्गतका कार्यक्रम संचालन गर्न ५ करोड २२ लाख ७५ हजार ५ सय विनियोजन गरिएको छ। यसैगरी वन, वातावरण , सरसफाइ तथा विपद् व्यवस्थापन गर्न २ करोड २९ लाख ९३ हजार बजेट छुट्याइएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


