स्याङजामा खानेपानी र खाद्यबस्तु गुणस्तर निगरानी सम्बन्धी अन्र्तक्रिया
वालिङ :
स्याङ्जाको पुतलीबजार नगरपालिकाको आयोजनामा खानेपानी र खाद्यबस्तु गुणस्तर निगरानी सम्बन्धी सरोकारवालाबीच छलफल एवं अन्र्तक्रिया गरिएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले नगरपालिका भित्र सबै वडामा शुद्ध र पीउन लायक खानेपानीको ब्यवस्थापनका लागि छिटै खानेपानी शुद्धता परिक्षण मेशिन खरिद गर्ने बताउनुभयो । स्वास्थ्य नै धन भएकाले शुद्ध खानेपानी भएमा मात्र पनि ८० प्रतिशत सरुवा रोगका संक्रमणबाट बच्न सकिने जनाउदै खानेपानीसंगै खाद्य पदार्थको सुद्धतामा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाले मुहानदेखि संकलनकेन्द र धारा हुदै हातदेखि मुखसम्मका प्रक्रियामा समेत शुद्धता हुन जरुरी रहेको औल्याउदै स्याङ्जाका कोलीफर्मयुक्त खानेपानीको निराकरणका लागि नगरपालिकाले यस्ता अभियान सुरु गरेको बताउनुभयो । उपप्रमुख देवी अर्यालले खानेपानीको शुद्धता र स्वच्छता कायम राख्नेगरी नगरपालिकाले अभियान सुरु गरेको बताउनुभयो ।
नगर प्रवक्ता मनोज पौडेल,उपभोक्ता मंचका अध्यक्ष राजेन्द्र मरासीनी, लगायतले बोल्नु भएको थियो । कार्यक्रममा जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाई र ल्याब परिक्षण अधिकृत पृथ्वीप्रसाद लामिछानेले खानेपानी सम्बन्धी छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अनिसा सुवेदीले स्वागत एवं स्वास्थ्य अधिकृत इश्वर थापाले संचालन गर्नुभएको थियो । यसैगरी, नगरप्रवक्ता मनोज पौडेलको संयोजकत्वमा ७ सदस्यीय ं खानेपानी निगरानी एवं ब्यवस्थापन समिति गठन गरेको छ । समितिका सदस्यहरुमा बिमलरंजन कार्की, मुक्तिप्रसाद रेग्मी, सृष्टि राना, बिन्दु जिटी, इमनाथ पुरी र सदस्य सचिवमा अनिषा सुवेदी चयन हुनु भएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


