असार ३ गते बक्र इदको अवसरमा सार्वजनिक बिदा ।

काठमाण्डौ:
सरकारले आगामी ३ असारमा परेको इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र इद (उल–अजहा)का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले आज सूचना जारी गरी बक्र इदका अवसरमा बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको उक्त सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…