पेट्रोलमा तीन र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ भाउ घट्यो
काठमाण्डौ :
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलमा लिटरको तीन र डिजेल तथा मट्टितेलमा लिटरको एक रुपैयाँले भाउ घटेको हो ।
अब पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा लिटरको एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एक सय ६४ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायलमा एक सय ६५ रुपैयाँ कायम भएको छ ।
यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गअन्तर्गतका ठाउँमा एक सय ४० रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत एक सय ५१ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत एक ५२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको भाउ भने यथावत छ ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


