स्याङजा : पहिरोमा परेर आमा छोरीको मृत्यु ।
स्याङजा :
स्याङ्जामा पहिरोमा परेर आमाछोरीको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका–५ बाँगेमा गएराती पहिरोले घर पुर्दा घरमा सुतिरहेका ३१ बर्षीय दुर्गा जि.टी. र उहाँकी ३ बर्षकी छोरी निकिसा जि.टी. को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले बताउनु भयो ।
जिटीको ढुङगा माटो र टिनले छाएको १ तले घर र गोठ पुरेको हो । अविरल बर्षाको कारण घरमाथिबाट आएको पहिरोले घर तथा गोठ पूर्ण रुपमा पुरेको प्रवक्ता रानाले जानकारी दिनुभयो । आमा छोरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ । जिटीको गोठमा रहेको भैसी पनि पहिरोमा पुरिएर मरेको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


