स्याङजा : पहिरोमा परेर आमा छोरीको मृत्यु ।
स्याङजा :
स्याङ्जामा पहिरोमा परेर आमाछोरीको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका–५ बाँगेमा गएराती पहिरोले घर पुर्दा घरमा सुतिरहेका ३१ बर्षीय दुर्गा जि.टी. र उहाँकी ३ बर्षकी छोरी निकिसा जि.टी. को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले बताउनु भयो ।
जिटीको ढुङगा माटो र टिनले छाएको १ तले घर र गोठ पुरेको हो । अविरल बर्षाको कारण घरमाथिबाट आएको पहिरोले घर तथा गोठ पूर्ण रुपमा पुरेको प्रवक्ता रानाले जानकारी दिनुभयो । आमा छोरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ । जिटीको गोठमा रहेको भैसी पनि पहिरोमा पुरिएर मरेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


