नरेन्द्र मोदी तेस्रोपटक भारतको प्रधानमन्त्री ।
काठमाण्डौ:
नरेन्द्र मोदी तेस्रोपटक भारतका प्रधानमन्त्री भएका छन्।
टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडिएका नेताहरूले दलको नेताका रूपमा मोदीलाई नियुक्त गरेको जानकारी गराएका हुन्। यसपछि मोदीले राष्ट्रपति द्रौपदी मुर्मूलाई भेट गरेका थिए।
राष्ट्रपति भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै मोदीले आफूलाई राष्ट्रपति मुर्मूले प्रधानमन्त्री नियुक्त गरेको जानकारी दिएका हुन्।
“मलाई माननीय राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुभएको छ। मैले सम्भवत आइतबार प्रधानमन्त्रीको शपथ ग्रहण हुने जानकारी गराएको छु,” मोदीका भनाइ उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ।
उनले शपथ ग्रहण गर्नुअघि मन्त्रीहरूको नामावली सूची राष्ट्रपतिकहाँ पेस गर्ने जानकारी पनि दिएका छन्।
मोदीलाई प्रधानमन्त्री बनाउन नितिश कुमार प्रमुख रहेको जनता दल (युनाइटेड) र चन्द्रबाबु नायडू प्रमुख रहेको तेलगु देसम पार्टी (टिडिपी) ले बुधबार लिखित सहमति गरेका थिए। उनीहरू चुनाव अघिदेखि नै एनडिए गठबन्धनमा थिए।
भाजपाले एक्लै बहुमत (२७२) सिट नजितेकोले एनडिएका दलहरूको सहयोगमा मोदीले प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए। लोक सभा चुनावमा भाजपाले २४० सिट जितेको थियो।
मोदीलाई प्रधानमन्त्रीमा १२ सिट जितेको जनता दल (युनाइटेड) र १६ सिट जितेको तेलगु देसम पार्टी (टिडिपी) ले समर्थन गरेको छ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


