मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
भवानी अधिकारी/स्याङ्जा :
जीवन बाटिका नेपाल स्याङ्जाको आयोजना तथा गण्डकी प्रदेश सरकार सामाजि तथा स्वास्थ मन्त्रालयको आर्थिक सहयोगमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।
स्याङजा सदरमुकाममा आयोजित कार्यक्रमको उदघाटन गर्दै संघिय सांसद राजु थापाले पारिवारिक मेलमिलाप र सुमधुर सम्बन्धले मात्र मानसिक स्वस्थ्यता कायम रहने बताए ।
अभिभावकले आ आफना छोराछोरीलाई घरबाटै उचित संस्कार र शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिदै शिक्षा र चेतना दुबै फरक फरक पाटो रहेको बताए । शिक्षामा सफलताका सर्टिफिकेट पाउदैमा सबै ब्यक्ति चेतनशील नहुने जनाउदै मानवीय सोच र कार्यमा चेतनाको विकास आवश्यक रहनेमा जोड दिए ।
राजनीतिकर्मी पनि चेतनाको अभाव खड्कीएको बताए । उनले भने, ‘सोह्र महिनामा ३÷३ पटक सरकार परिवर्तन हुनु । जनमत प्राप्त ठूलो राजनीतिक दलले सरकारको नेतृत्व गर्ने अवसर नपाउनु उदाहरण हुन।’
आफुलाई मात्रै सक्षम र राम्रो ठान्दै अरुका उछितो काड्ने प्रबृत्तिले समाज र देशलाई नै बर्वादीतर्फ धकेल्ने उनको भनाई छ । जसका कारण युवामा निराशपन बढ्नु, तनावमा रहनु र वेरोजगार बन्दै कुलतमा फस्ने गरेको उनले बताए ।
दिनँहु बढ्दो क्रममा रहेको दुब्र्यसनको कुलतमा लाग्न नदिन सबैले आ आफना जिम्मेवारी र दायित्व बहन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्ति, प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राना, राष्ट्रिय स्वतन्त्र पाटी नगर अध्यक्ष डा बसन्त पंगेनी, शिक्षा समन्वय विकास इकाई कार्यालय प्रमुख विश्वराज आचार्य, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, जीवन बाटिका नेपालका निवर्तमान अध्यक्ष नविन अर्याल लगायतले लागु औषधका प्रयोगका कारण मानसिक समस्या सहित एचआइभी र योैनजन्य रोग लाग्न सक्ने जनाउदै समयमै यस सम्बन्धी जनचेतनामूलक कार्यक्रम बिद्यालय तहदेखि नै संचालन गर्नुपर्नेमा जोड दिए ।
जीवन बाटिका नेपालका अध्यक्ष समीर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार रुमा प्रधानले कार्यपत्र प्रस्तुत गरेकी थिईन भने स्याङ्जा रेडियो टेलिभिजनका प्रवन्धक रमेश गोदारले संचालन गरेका थिए ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…