चौतारी संरक्षणमा चौरासी पुगेका पराजुली
राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जाको वालिङ नगरपालिका–९ का ज्योतिलाल पराजुलीले गएको वैशाखमा चौरासीको पूजा गर्नुभयो । चौरासी पूजामा उहाँको एक मात्र सङ्कल्प थियो, गाउँमा रहेको चौतारीलाई व्यवस्थित गर्ने । त्यही सङ्कल्प पूरा गर्दै हुनुहुन्छ उहाँ ।
आफू सानो छँदा साथीसँगै खेलेको चौतारी पछिल्लो समय अस्तव्यस्त अवस्थामा रहेकामा उहाँको मनमा चिन्ता परेको थियो । गाउँ गाउँमा खनिएका सडकका कारण कतिपय चौतारी मासिए भने कतिपय अस्तव्यस्त अवस्थामा पुगे । गाउँको चौतारी अस्तव्यस्त अवस्थामा रहेपछि पुराना दिन फर्काउने पराजुलीमा इच्छा जाग्यो । उहाँले चौरासी पूजाकै दिन आफ्ना छोराछोरीलाई तत्कालै गाउँको चौतारीलाई व्यवस्थित बनाउन भन्नुभयो । उहाँका छोरा प्रेम पराजुली भन्नुहुन्छ, “बुवाले गाउँको इतिहास बोकेको चौतारी पुननिर्माण गर्ने इच्छा देखाएपछि हामीले पनि सहयोग गरेका हौँ ।”
८४ पुगेका पराजुलीको ईन्छा पुरा गर्न गाउँलेहरुले पनि सक्रियता देखाए । छिमेकी तथा परिवारका सदस्यहरु मिलेर ढुंगा बोक्ने,सिमन्टेको मसला बनाउने काम गरे । ८४ वर्षीय ज्योतिलालले आफैँ चौतारी चिह्न (गारो लगाउन) थाल्नुभयो । “कुनै समयमा गाउँमा रहेका चौतारीमा भेला, बैठक हुने गर्दथ्यो । यो बिरौटाको चौतारीमा पर्वतको दक्षिणी भेगमा जाने बटुवा भारी बिसाउने र राति बास बस्ने गर्दथे,” ज्योतिलाल सम्झनुहुन्छ ।
गाउँ गाउँमा रहेका चौतारीहरू पछिल्लो समय अस्तव्यस्त अवस्थामा रहेका छन् कतिपय चौतारी ग्रामीण सडकले खाइसकेको छ । बरपिपल र शमीको रुखलाई आधार बनाएर चौतारीमा बस्दा छुट्टै आनन्द आउने ज्योतिलाल बताउनुहुन्छ । गाउँ गाउँमा रहेको ऐतिहासिक चौतारीको संरक्षणमा राज्यले पनि ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


