चौतारी संरक्षणमा चौरासी पुगेका पराजुली
राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जाको वालिङ नगरपालिका–९ का ज्योतिलाल पराजुलीले गएको वैशाखमा चौरासीको पूजा गर्नुभयो । चौरासी पूजामा उहाँको एक मात्र सङ्कल्प थियो, गाउँमा रहेको चौतारीलाई व्यवस्थित गर्ने । त्यही सङ्कल्प पूरा गर्दै हुनुहुन्छ उहाँ ।
आफू सानो छँदा साथीसँगै खेलेको चौतारी पछिल्लो समय अस्तव्यस्त अवस्थामा रहेकामा उहाँको मनमा चिन्ता परेको थियो । गाउँ गाउँमा खनिएका सडकका कारण कतिपय चौतारी मासिए भने कतिपय अस्तव्यस्त अवस्थामा पुगे । गाउँको चौतारी अस्तव्यस्त अवस्थामा रहेपछि पुराना दिन फर्काउने पराजुलीमा इच्छा जाग्यो । उहाँले चौरासी पूजाकै दिन आफ्ना छोराछोरीलाई तत्कालै गाउँको चौतारीलाई व्यवस्थित बनाउन भन्नुभयो । उहाँका छोरा प्रेम पराजुली भन्नुहुन्छ, “बुवाले गाउँको इतिहास बोकेको चौतारी पुननिर्माण गर्ने इच्छा देखाएपछि हामीले पनि सहयोग गरेका हौँ ।”
८४ पुगेका पराजुलीको ईन्छा पुरा गर्न गाउँलेहरुले पनि सक्रियता देखाए । छिमेकी तथा परिवारका सदस्यहरु मिलेर ढुंगा बोक्ने,सिमन्टेको मसला बनाउने काम गरे । ८४ वर्षीय ज्योतिलालले आफैँ चौतारी चिह्न (गारो लगाउन) थाल्नुभयो । “कुनै समयमा गाउँमा रहेका चौतारीमा भेला, बैठक हुने गर्दथ्यो । यो बिरौटाको चौतारीमा पर्वतको दक्षिणी भेगमा जाने बटुवा भारी बिसाउने र राति बास बस्ने गर्दथे,” ज्योतिलाल सम्झनुहुन्छ ।
गाउँ गाउँमा रहेका चौतारीहरू पछिल्लो समय अस्तव्यस्त अवस्थामा रहेका छन् कतिपय चौतारी ग्रामीण सडकले खाइसकेको छ । बरपिपल र शमीको रुखलाई आधार बनाएर चौतारीमा बस्दा छुट्टै आनन्द आउने ज्योतिलाल बताउनुहुन्छ । गाउँ गाउँमा रहेको ऐतिहासिक चौतारीको संरक्षणमा राज्यले पनि ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


