गल्याङ नगरपालिकाका उपप्रमुख न्यौपानेलाई विशेष अदालतले दियो सफाई ।
वालिङ :
स्याङजाको गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनालाई बिशेष अदालतले सफाई दिएको छ ।
गल्याङ नगरपालिका–३ को पकवादी सहकारी संस्थाको भवन निर्माण विनियोजित बजेट हिनामिना तथा जग्गाधनी प्रमाणपुर्जा देखाएर अर्को ठाउँमा भवन बनाएको र सडकको मापदण्ड मिचेको आरोप लगाउउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको थियो । अदालतमा आरोपपत्र दायर भएसँगै उपप्रमुख न्यौपाने निलम्वनमा पर्नु भएको थियो ।
विशेष अदालतले आईतवार फैसलाको जानकारी गराएको उपप्रमुख न्यौपानेले बताउनु भयो । अदालतले दिएको पत्रमा भनिएको छ,“ईजलास समक्ष पेश हुँदा तपाईले आरोपित कसुरबाट सफाई पाउने ठहरी फैसला भएको राय कितावबाट देखिएको व्यहोरा जानकारी गराउन्छ ।” फैसलाको पूर्ण पाठ तयार नभई सकेकोले जानकारी मात्र गराईएको अदालतले जनाएको छ ।
उपप्रमुख न्यौपानेका अनुसार अन्य सात जना आरोपितले पनि सफाई पाएका छन् ।
अख्तियारले न्यौपाने सहित कृषि विकास निर्देशनालय गण्डकीका निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, इन्जिनियर विश्वनाथ पौडेल, अर्थबिज्ञ भानुभक्त भट्टराई, सहकारीका तत्कालीन अध्यक्ष हरिलाल खनाल, सचिव परशुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ, गल्याङका व्यवसायी महेन्द्र भनिने श्रीमप्रसाद श्रेष्ठविरुद्ध आरोपपत्र दायर गरेको थियो । उनीहरु माथिको आरोप प्रमाणित नभएपछि सबैको निलम्वन पनि स्वतः फूकुवा भएको छ । file-pic
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


