स्थानीय मिडियाहरुलाई संस्थागत गर्न चुनौती
![](https://aadhikholakhabar.com/wp-content/uploads/2024/06/fnj-waling-1024x768.jpg)
वालिङ :
स्याङ्जाको वालिङमा आयोजित कार्यक्रममा पत्रकार तथा मिडिया संचालकहरुले स्थानीय तहमा मिडियाहरुलाई संस्थागत गर्न नसक्दा श्रमजिवि पत्रकार ऐनको पुर्ण रुपमा कार्यान्वयन गर्न नसकिएको बताएका छन् । न्युनतम पारिश्रमीक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ स्याङ्जा साखाको समन्वयमा सोमबार वालिङमा आयोजित श्रमजिवी ऐन कार्यान्वयनको अवस्था र ऐन संसोधनको विषयमा जिल्लास्तरीय छलफल तथा अन्र्तक्रियामा पत्रकारहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा स्थानीय तहबाट प्रकाशन हुने विज्ञापनहरुबाट वार्शिक करोडौँ बाहिरिएको पत्रकार महासंघ स्याङ्जाका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्माले बताउनुभयो । देश संघिय संरचनामा गईसकेपछि स्थानीय तहहरुबाट प्रकाशन हुने विज्ञापनहरु विज्ञापन एजेन्सीहरुबाट गर्ने कारण स्थानीय मिडियाहरु समस्यामा परेको भन्दै वार्शिक रुपमा यसरी बाहिरिने करोडौँ रकमलाई जिल्लाभित्रै रहेका मिडियाहरुलाई बलियो बनाउन सकियो भने न्युनतम पारिश्रमकिको कार्यान्वयन हुने बताउनुभयो ।
मिडिया हाउस नै आर्थिक रुपमा बलियो नहुँदा पत्रकारहरुको लागी न्युनतम पारिश्रमीक कार्यान्वयन हुन नसकेको सहभागिहरुले बताएका थिए । मिडियाको लागी बजार बलियो बनाउन सकेमा मात्रै श्रमजिवी पत्रकार ऐन व्यवहारिक बन्ने भन्दै मिडिया हाउसहरुलाई वर्गीकरण गरेर विज्ञापनमा एकद्धार प्रणाली लागू गर्नुपर्ने सहभागि पत्रकाहरुको सुझाव छ । पत्रकारहरु सामाजिक तथा आर्थिक रुपमा सुरक्षित हुँन नसक्दा पत्रकारिता पेशाबाट पलायन हुने अवस्था सृजना भएको सहभागि पत्रकारहरुको भनाई थियो ।
पे्रस चौतारी नेपालका केन्द्रिय सदस्य हिमलाल पराजुलीले ऐन कायान्वयन नगर्ने मिडिया हाउसहरुलाई कारबाही गर्ने अधिकार न्यनतम पारिश्रामीक समितिलाई प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । समितिले जिल्लाको वस्तुगत विषयको रिर्पोट गर्ने, अनुगमन गर्ने तर कारबाही गर्ने निकाय अर्को हुँदा यसले पुर्णता पाउन नसकेको भन्दै न्युनतम पारिश्रमीक समितिलाई नै यो अधिकार दिलाउनका लागी पत्रकार महासंघ तथा समग्र पत्रकार एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा न्यनतम पारिश्रमीक समितिका अध्यक्ष संगिता खड्काले समितिले अहिलेसम्म गरेका काम, पत्रकारहरुको हितमा गरेका पहलहरुलगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । खड्काले पत्रकारहरु पछिल्लो समय बढ्दै गरेको प्रविधितर्फ आँफूलाई ढाल्न सक्नुपर्ने भन्दै क्षमता अभिवृद्धिका तालिमहरु संचालन गरिरहनुपर्ने बताउनुभयो । न्युनतम पारिश्रमिक ऐन लागू भएपनि व्यवहारिक रुपमा यसको कार्यान्वयन नभएको बताउनुभयो ।
अध्यक्ष खड्काको प्रतिवेदन माथि पत्रकार महासंघका निर्वतमान अध्यक्ष शर्मा र पे्रस चौतारीका केन्द्रिय सदस्य पराजुलीले सुझाव सहित समग्र जिल्लाको पत्रकारिताको विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत महासंघका उपाध्यक्ष भवानी अधिकारी, संचालन महासंघका सदस्य अमृत अर्याल र धन्यवाद न्युनतम पारिश्रमिक समितिका सदस्य शान्ता अधिकारीले गर्नुभएको थियो । स्याङ्जामा ३ साप्ताहिक र १ पाक्षिक गरी ४ पत्रिका, ४ रेडियो, ३ टेलिभिजन र १० भन्दा धेरै अनलाईनहरु संचालित छन् ।
समाचार
थप सामाग्री![](https://aadhikholakhabar.com/wp-content/uploads/2025/01/lamichhane-468x300.jpg)
अदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…