प्रेस युनियनद्वारा पत्रकार महासंघ स्याङजाको कार्यालयमा तालाबन्दी ।
स्याङ्जा :
नेपाल पत्रकार महासंघको निर्वाचन नजिकिदै गर्दा महासंघको एक संगठित सदस्य नेपाल प्रेस यूनियन स्याङ्जा शाखाले महासंघका कार्यालयमा तालाबन्दी गरेको छ । पुतलीबजार नगरपालिका १ अभियानपथ स्थित नेपाल पत्रकार महासंघ स्याङजा शाखाको कार्यालयमा हिजो दिउसो तालाबन्दी गरेकोे हो । नेपाल पत्रकार महासंघको बिद्यान बिपरित सदस्यता बितरण र नियतवश क्रियाशिल सदस्यको नाम हटाएको बिरोधमा अनिश्चिितकालिन तालाबन्दी गरिएको प्रेस यूनियन स्याङजा शाखाका अध्यक्ष तोलाकान्त वगालेले जानकारी दिनुभयो । स्याङ्जा जिल्लाबाट शिफारिस गरिएका सदस्यका नामावली समावेशगरी जिल्लामा पठाई नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले तत्काल आफनो निर्णय सच्चाएर आसन्न निर्वाचनको वातावरण सृजना गर्न समेत अध्यक्ष बगालेले आग्रह गर्नुर्भएको छ। अन्यथा, यूनियनले आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिनुभयो । जिल्लाको शिफारिसलाई लत्याउदै केन्द्रिय कार्यालयले अनाधिकृत रुपमा पठाइएका सदस्य मान्य नहुने र शुद्धिकरणका नाउमा क्रियाशिल पत्रकारको नाम हटाउने कार्यको बिरोध गरिएको छ । अनाधिकृत सदस्यको नाम हटाई क्रियाशिल सदस्यका नाम थप गर्न कार्य तत्काल सच्चाउन समेत प्रेस यूनियनको आग्रह छ ।

समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


