नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो ।

bus accident falling

काठमाण्डौ:
पृथ्वी राजमार्गको फिस्लिङमा कारसँग ठोक्किएर बस त्रिशूली नदीमा खसेको छ।

चितवनको इच्छाकामना गाउँपालिका वडा न. ३ फिस्लिङमा शुक्रबार बिहान नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४०६२ नम्बरको बस विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कारसँग ठोक्किएर त्रिशूलीको किनारमा खसेको थियो।

दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्। घाइते सबैलाई उद्धार गरेर भरतपुरतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए।

बसमा सवार ३५ जना यात्रुमध्ये अन्य सकुशल रहेको उनले बताए।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP