नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो ।
काठमाण्डौ:
पृथ्वी राजमार्गको फिस्लिङमा कारसँग ठोक्किएर बस त्रिशूली नदीमा खसेको छ।
चितवनको इच्छाकामना गाउँपालिका वडा न. ३ फिस्लिङमा शुक्रबार बिहान नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४०६२ नम्बरको बस विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कारसँग ठोक्किएर त्रिशूलीको किनारमा खसेको थियो।
दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्। घाइते सबैलाई उद्धार गरेर भरतपुरतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए।
बसमा सवार ३५ जना यात्रुमध्ये अन्य सकुशल रहेको उनले बताए।
Facebook Comments Box
समाचार
थप सामाग्री
माग बढेसँगै कोदो खेतीतर्फ कृषकको आकर्षण बढ्यो
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/स्याङ्जा : मौसम सफा भएसँगै स्याङ्जाका किसानहरूले कोदो भित्र्याउन व्यस्त भएका छन् । निरन्तरको वर्षा रोकिएपछि पछिल्लो एक हप्तामा…


