वालिङमा रहेको सशस्त्र गुल्म गण्डकी प्रदेशकै उत्कृष्ट
राधाकृष्ण डुम्रे
वालिङ, असार ३ गते । स्याङ्जाको वालिङ नगरपालिका–८ घ्याङलीङमा रहेको सशस्त्र प्रहरीको गुल्म गण्डकी प्रदेशकै उत्कृष्ट भएको छ । सशस्त्र प्रहरी बलको नं. ३० गुल्म कार्य सम्पादनमा ४४८.९६ अर्थात् ७३.६० प्रतिशत अङ्कसहित गण्डकी प्रदेशमा पहिलो भएको हो भने देशभरका गुल्म मध्ये चौथो भएको हो ।
उत्कृष्ट भएको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रशंसापत्र हस्तान्तरण गर्नुभएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालयको २३ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म पुरस्कृत भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय निरीक्षण एवम् उत्कृष्ट इकाईहरूको छनोट तथा इकाईहरूको योग्यता क्रम निर्धारणसम्बन्धी स्थायी आदेश २०८० को निरीक्षणको क्रममा नं. ३० गुल्म उत्कृष्ट भएको गुल्मपति देवराज जोशीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


