एसइई : त्रिभुवन आदर्शका सुशान्त बने जिल्ला कै उत्कृष्ट
स्याङ्जा :
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा स्याङ्जाका सुशान्त मरासिनीले चार जिपिए ल्याउनुभएको छ । पुतलीबजार नगरपालिका १ मा रहेको त्रिभुवन आदर्श नमुना मा.वि का मरासिनीले जिल्ला टप गर्नुभएको हो ।
२०६५ पुस १० गते पुतलीबजार नगरपालिका-३ मा बाबा कृष्ण प्रसाद मरासिनी र वसुन्धरा मरासिनीको कान्छो छोराको रूपमा जन्मिनुभएका मरासिनीले ०४३००२३४ पी सिम्बोल नम्बरबाट परीक्षा दिनुभएको थियो ।
विद्यालयमा लगनशील र तृष्णा रहेका मरासिनीले जिल्ला नै टप गर्नुभएको गणित शिक्षक शिव ढकालले जानकारी दिनुभयो । त्रिआ माविमा एक सय ४२ जनाले परीक्षा दिएकोमा २० जनाले ए प्लस सहित उत्तीर्ण भएका छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


