एसइई : त्रिभुवन आदर्शका सुशान्त बने जिल्ला कै उत्कृष्ट
स्याङ्जा :
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा स्याङ्जाका सुशान्त मरासिनीले चार जिपिए ल्याउनुभएको छ । पुतलीबजार नगरपालिका १ मा रहेको त्रिभुवन आदर्श नमुना मा.वि का मरासिनीले जिल्ला टप गर्नुभएको हो ।
२०६५ पुस १० गते पुतलीबजार नगरपालिका-३ मा बाबा कृष्ण प्रसाद मरासिनी र वसुन्धरा मरासिनीको कान्छो छोराको रूपमा जन्मिनुभएका मरासिनीले ०४३००२३४ पी सिम्बोल नम्बरबाट परीक्षा दिनुभएको थियो ।
विद्यालयमा लगनशील र तृष्णा रहेका मरासिनीले जिल्ला नै टप गर्नुभएको गणित शिक्षक शिव ढकालले जानकारी दिनुभयो । त्रिआ माविमा एक सय ४२ जनाले परीक्षा दिएकोमा २० जनाले ए प्लस सहित उत्तीर्ण भएका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


