भीरकोटमा क्षयरोगमुक्त अभियान
भीरकोट :
स्याङ्जाको भीरकोट नगरपालिकाले क्षयरोगमुक्त अभियान सुरुवात गरेको छ । विभिन्न वडाहरुमा सुक्ष्म योजना गोष्ठि सम्पन्न गर्ने क्रममा नगरले वडा नं. ५ मा पनि यो कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय कार्यक्रमअन्तर्गत नगरपालिकाले यो अभियान सुरु गरेको हो । स्याङ्जाको भीरकोट, वालिङ र गल्याङ गरी ३ वटा स्थानीय तहमा यो कार्यक्रम संचालनमा रहेको छ ।
वालिङमा यो कार्यक्रम विगतका वर्षहरुदेखि नै संचालनमा आएको भएतापनि भीरकोट र गल्याङमा चालू वर्षमा मात्र यो कार्यक्रम सञ्चालन हुँदै छ । सोहीअनुसार भीरकोटमा यो कार्यक्रम सुरुवात भएको हो । भीरकोटमा चालू वर्षमा १५ जना क्षयरोगी छन् । सबै क्षयरोगीहरू सम्पर्कमा नआउने भएकाले पनि उनीहरूको खोजी गर्ने गरी अभियान सञ्चालन हुने नगर प्रमुख गोविन्द कुमार कर्माचार्यको भनाइ छ । ‘धेरै क्षयरोगीहरू स्वास्थ्य संस्थाको सम्पर्कमा नआउँदा एथेस्ट जानकारी आउने गरको छैन,’ उनले भने, ‘जसले गर्दा क्षयरोगका बिरामीहरूले अरूलाई पनि सारिरहेका हुन सक्छन् ।’
आँकडाअनुसार भीरकोटमा ५५ को हाराहारीमा बिरामी पहिचान हुनुपर्ने भए पनि त्यसो नभएको स्वास्थ्य शाखा प्रमुख अञ्जु सापकोटाको भनाइ छ । भीरकोटमा सबैभन्दा बढी ६५ वर्षमाथिका व्यक्तिमा क्षयरोगको समस्या देखिएको क्षयरोगका फोकल पर्सन अनिशा रोकाले बताईन् । चुरोट, गुट्का, जाँडरक्सी खाने व्यक्तिहरूमा बढी यो समस्या देखिने गरेको छ । क्षयरोग निवारणका लागि वडा–वडामा समिति गठन गरेर सो समितिले सूक्ष्म ढंगले अनुगमन गर्ने भीरकोट नगरपालिकाका उपप्रमुख भगवती रेग्मी अर्यालले बताईन्। भीरकोटमा क्षयरोग परीक्षणका लागि नगर अस्पतालमा माइक्रोस्कोपी मेसिन समेत रहेका छन् ।
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


