सशस्त्र प्रहरीका इन्स्पेक्टर रहेका स्याङ्जाका पौडेलले गरे सगरमाथा आरोहण

काठमाडौं :

सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेलले सोमबार बिहान साढे १०ः२० बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुृ भएको छ ।

सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरीबाट पहिलो पटक पौडेलले सगरमाथा आरोहण गर्नु भएको हो । उहाँ शेर्पा एक्स्ट्रिम प्रा.लि.मार्फत ३० चैतमा सगरमाथा आरोहणका लागि प्रस्थान गर्नु भएको थियो ।

२०६७ सालमा खुला प्रतिष्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षकमा प्रवेश गरेका पौडेलको घर स्याङ्जाको आँधीखोला गाउँपालिकामा पर्दछ ।
उहाँ सशस्त्र प्रहरी सेवामा प्रवेश गर्नुअघिबाटै पदयात्रामा रुचि राख्ने गर्नुहुन्थ्यो ।

 

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP