पर्यटन प्रवर्धनका लागि कालीगण्डकी स्टिमरमा बुद्धिचाल प्रतियोगिता
राधाकृष्ण डुम्रे,
वालिङ, जेठ १२ गते । स्याङ्जाको कालीगण्डकीमा गण्डकी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कालीगण्डकी ‘ए’ जलविद्युत परियोजनाको बाँधमा सञ्चालन हुने स्टिमरमा प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रदेश खेलकुद परिषद र कालीगण्डकी गाउँपालिकाको आयोजना तथा गण्डकी प्रदेश बुद्धिचाल सङ्घको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति सुधिरकुमार पौडेलले कालीगण्डकी नदी आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक केन्द्र रहेको बताउनुभयो । स्टिमरमा खेलाईने खेलले थप महत्व राख्ने सभापति पौडेलको भनाई छ ।
नमुनाको रुपमा खेलको विकास गरेर पर्यटन प्रवर्धन गर्ने योजना रहेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । पालिकाको प्राथमिकतामा खेल रहेको भन्दै अध्यक्ष थापाले प्रत्येक बर्ष अध्यक्ष कप खेलकुद जिल्लामा नै उदाहरणीय रहेको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो “गाउँपालिकालेले खेल क्षेत्रको विकासका लागि धेरै लगानी गरेको छ । भौतिक विकाससंगै खेलको विकासले पनि पर्यटनको विकास गर्न सकिने ध्येयले हामी खेल क्षेत्रमा पनि सक्रिय छौँ ।”

कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले प्रदेशमा खेलकुदलाई प्राथमिकता दिएर अगाडि बढाउँदै लगिएको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष युवराज भण्डारीले प्रतियोगिता ¥यापिड रेटिङ सिस्टममा खेलाईने जानकारी गराउनुभयो ।
प्रतियोगितामा आठ जिल्लाका चार जनाका दरले र आयोजक कालीगण्डकीका चार गरी ३६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा हरेक जिल्लाबाट महिला पुरुष दुई/दुई जनाले सहभागिता जनाएका छन् । गण्डकी प्रदेशका बाग्लुङ, म्याग्दी र मनाङ बाहेक सवै जिल्लाको सहभागिता रहेको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: सात, पाँच र तीन हजार रुपियाँ पुरस्कार पाउनेछन् । उद्घाटन खेल स्टिमरमा खेलाईए पनि अन्य खेलहरु कालीगण्डकी गाउँपालिकाको कार्यालयमा खेलाईनेछ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


