पुतलीबजार तनहुँ जोड्ने रणनैतिक सडक निर्माण सुरु,स्थानीय नदीजन्य वस्तु प्रयोग गर्न दिने निर्णय

स्याङ्जा १४ जेठ ।
स्याङ्जा सदरमुकामवाट छोटो दुरीमा तनहुँको खैरेनीटार जोड्ने सडक निर्माण सुरु भएको छ । विश्व वैंकको ऋण सहयोग तथा नेपाल सरकारको अनुदानमा नेपाल शहरी शासकीय तथा पुर्वाधार आयोजना अन्तर्गतको सडक निर्माण कार्य सुरु गरिएको छ ।
पुतलीबजार नगरपालिका स्थित प्रगतीनगरवाट सुरु हुने आयोजना ७.६ किलोमिटर सडक पूर्वाधार निर्माण हुने पुतलीबजार नगरपालिकाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । कुल ४० करोड ८ लाख ८५ हजार ३ सय ७६ रुपैया लागतमा निर्माण सम्झौता भएको आयोजना सम्झौताको १५ महिनामा निर्माण सम्पन्न हुनुपर्ने छ ।
आयोजना निर्माणको जिम्मा लामा कन्ट्रक्सन प्रा.लि काठमाण्डौले सम्झौता गरेको छ । गत चैत्र २६ सम्झौता गरेको निर्माण कम्पनीले दुई महिनाको अवधीमा ४ प्रतिशत भौतिक प्रगती गरिसकेको नगरपालिकाले जनाएको छ । आयोजनाको काम २०८२ असार २५ गते सम्पन्न गरिसक्नुपर्ने छ ।
आयोजना निर्माणका लागि पुतलीबजार नगरपालिकाले स्थानीय नदीजन्य वस्तुको उत्खनन् गर्न दिने भएको छ । नगरपालिकाले नगरको गौरवको आयोजना छोटो समयमा निर्माण गरिसक्नुपर्ने र निर्धारित समयमा सम्पन्न हुन नसकेमा आयोजनाको पूर्ण दायीत्व नगरपालिकालाई पर्ने भएकाले नदीजन्य वस्तु उत्खनन र संकलनका लागि मेसिन उपकरण प्रयोग गर्न दिने गरी नगर कार्यपालिकावाट निर्णय गरिएको नगर प्रमुख तुलसीराम रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

नगर प्रमुख रेग्मीका अनुसार नगरपालिकाले स्थानीय आँधीखोलावाट नदीजन्य वस्तु उत्खननका लागि वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन अनुसार वाड नं १, १४, १० र १३ वाट आँधीखोलाको छिडी र खल्लुवोटवाट ५५ सय घन मिटर नदीजन्य वस्तु उत्खनन गर्न अनुमती दिने निर्णय गरेको जानकारी दिनुभयो ।
आयोजनाका लागि यस अवधीकालागि वाड नं १४ मा नदीवाट ३० मिटर वाहिर अस्थायी क्रसर राख्न समेत अनुमती दिने निर्णय भएको नगर प्रमुख रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । नगर तथा जिल्लाकै गौरवको आयोजना भएका कारण जिल्ला स्थित सरकारी निकाय, संघ संस्था सबैलाई सहयोग गर्न पत्रकार सम्मेलन मार्फत आग्रह समेत गर्नुभयो ।

दुई जिल्ला जोड्ने रणनैतिक सडक अन्तर्गतको यो सडक तनहुँको खैरेनीटार सम्म झण्डै २५ किलोमिटर दुरीमा पुग्न सकिने हुनेछ । जुन सडक निर्माण भएपछि खैरेनीटार हुँदै दमौली, मुङलिङ हुँदै पूर्व तर्फका यात्राका लागि निकै सहज वन्ने नगर उपप्रमुख देवी अर्यालले जानकारी दिनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी पौडेलका अनुसार आयोजना अन्तर्गत सडक निर्माणको काम यस नगरपालिकाको ३, ८ र ९ नंवर वडामा हुने जानकारी दिनुभयो । अन्तराष्ट्रिय मापदण्ड अनुरुप निर्माण हुने सडक ५.५ मिटर चौडाईको अस्पाल्ट, २ मिटर चौडाईको सोल्डर र १ चौडाईको ड्रेन सहित सुरक्षा पर्खाल निर्माण हुनेछ ।

Facebook Comments Box
TOP