नागरिककै सहकार्यले प्रदेशकै शान्तिसुरक्षा सवल : प्रदेश प्रहरी प्रमुख रमा सिंह

स्याङ्जा ट्ठ
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रमा सिंहले शान्ति सुरक्षा विना विकास असम्भव रहेको बताएकी छन् । स्याङ्जाको चापाकोट नगरपालिका ६ स्थित साँखर प्रहरी चौकीको नवनिर्मित भवनको समुदघाटन गर्दै प्रदेश प्रहरी प्रमुख सिंहले शान्तिसुरक्षा विना विकासमा कठिनाई हुने बताएकी हुन् । नागरिकका लागि मात्रै शान्ति सुरक्षा अपरिहार्य नभई समग्र विकास निमार्णमा समेत शान्ति सुरक्षाको आवश्यकता रहने भन्दै प्रदेश प्रहरी प्रमुख सिंहले यसका लागि नागरिकको सहकार्य आवश्यक रहेन बताइन् ।

अपराध न्युनिकरणमा नागरिकको सहकार्य नै प्रहरीको पहिलो आधार हो प्रदेश प्रहरी प्रमुख सिंहले भनिन्,‘नागरिकको सहयोग विना प्रहरी एक्लैले शान्तिसुरक्षा दिलाउन असम्भव हुन्छ ।’ देश सगै जन्मभुमि, कर्मभुमी बनाउन सबैको हातेमालो आवश्यक रहन्छ उनले भनिन् । गण्डकी प्रदेशको शान्तिसुरक्षा अहिले सम्म राम्रो रहेको बताउदै प्रदेश प्रहरी प्रमुख सिंहले भौगोलिक दृष्टिकोणले कठिनाई भएपनि नागरिकको सहकार्यले नै शान्तिसुरक्षामा सहज भएको बताइन् । प्रहरी पेशा आफैमा सामान्य होइन उनले भनिन्,‘हरेक नेपालीको सुरक्षाको जिम्मेवारी लिने एक अडिनरी पेशा हो ।’ त्यसैले प्रविधिको विकास सगै भएको परिवर्तनले अपराधका नयाँ स्वरुपहरु देखिने गरेका छन् यो प्रहरीका लागि चुनौती हो उनले भनिन् ।

भौतिक संरचना सगै सिमित साधनश्रोतका बावजुद प्रहरीले समाजमा खेल्नुपर्ने शान्तिसुरक्षा आफैमा निकै कठिनाई रहेकोले प्रहरी कर्मचारीमा सकरात्मक सोच, आचरणमा सुधार नै महत्वपुर्ण रहेको उनले बताइन् । शहर बजारदेखी ग्रामिण क्षेत्रका निकै अफठ्यारा ठाउँमा प्रहरी कर्मचारीले दिएको सेवा मुलुकका लागि निकै फलदायी रहेको जिकिर उनको थियो ।

कार्यक्रममा चापाकोट नगर उपप्रमुख इशा राना, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, चापाकोट नगरपालिका वडा नम्र ६ का वडा अध्यक्ष तारादेवी पोख्रेल, भवन निर्माण समितिका सचिव घनश्याम खनाल, प्रदेश प्राविधिक प्रहरी नायव उपरीक्षक ध्रुव अधिकारी लगायतले भवन निर्माण सगै अव प्रहरीले गर्ने कार्यसम्पादनमा सहज हुने विश्वास राखेका थिए । नेपाल सरकारबाट बिनियोजित २ करोड १५ लाख ३ हजार १ सय ५८ रूपैयाँको लागतमा प्रहरी चौकी भवन, मेस, शौचालय, व्यारेक, महिला पुरुश थुनुवा कक्ष सहित भवनको निर्माण कार्य सम्पन्न भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख शालिकग्राम शर्माको अध्यक्षमा सम्पन्न भएको नवनिर्मित भवन समुदघाटन कार्यक्रमको स्वागत चापाकोट इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक जेशी शाहा र संचालन प्रहरी निरीक्षक विन्देश्वरी यादवले गरेका थिए । राधा आमा समुहको भर्जन र्कितन र स्थानीय बालवालिकाले नृत्य प्रस्तु गरेका थिए ।

Facebook Comments Box
TOP