स्याङ्जाका कालीगण्डकी र आँधीखोला बने उत्कृष्ट पालिका ।
वालिङ,जेठ १५ गते ।
स्याङ्जाको कालीगण्डकी र आँधीखोला गाउँपालिका जिल्ला मै उत्कष्ट हुन सफल भएकाछन् । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार स्याङ्जाका दुई पालिका कम बेरुजु हुनेमा परेका हुन् ।
गण्डकी प्रदेशमा रहेका ८५ पालिका मध्ये कालीगण्डकी दोस्रोमा परेको छ भने आँधीखोला चौथोमा परेको छ । कालीगण्डकीको बेरुजु ०.१० प्रतिशत रहेको छ भने आँधीखोलाको बेरुजु ०.१५ प्रतिशत रहेको छ ।
गण्डकी प्रदेशको सबैभन्दा कम बेरुजु हुनेको सूची मुस्ताङको लोमन्थाङ गाउँपालिका परेको छ । जसको बेरुजु प्रतिशत ०.०१ प्रतिशत मात्रै रहेको छ ।
त्यसैगरी तेस्रो र पाँचौमा क्रमशः पर्वतको महाशिला गाउँपालिका र लमजुङको मस्र्याङ्दी गाउँपालिका पर्न सफल भएका छन् । पर्वतको महाशिला गाउँपालिकाको वेरुजु ०.१२ प्रतिशत र लमजुङको मस्र्याङ्दी गाउँपालिकाको वेरुजु ०.१८ प्रतिशत रहेको छ । गण्डकी प्रदेशका पालिकाहरुको औसल वेरुजु २.४७ प्रतिशत रहेको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदनअनुसार कालीगण्डकी गाउँपालिकाको बेरुजु एक दशमलव ७८ प्रतिशत रहेको थियो यस्तै आँधीखोला गाउँपालिकाको एक दशमलव ८२ रहेको थियो । दुबै पालिकाले बेरुज घटाउन उल्लेख्य रुपमा काम गरेको प्रतिवेदनले देखाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


