कृषि विकासका लागि हेफरसँग सहकार्य गर्दै वालिङ,गल्याङ र कालीगण्डकी
वालिङ :
कृषि र पशुपालनको क्षेत्रमा नागरिकलाई उद्यमशील बनाउन स्याङ्जाका तीन पालिकाले हेफरसँग सहकार्य सुरु गरेकाछन् । जिल्लाका वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाले हेफरसँगको सहकार्य सुरु गरेका हुन् ।
पछिल्लो समय युवाहरु विदेशिने क्रम बढेको भन्दै गाउँमा नै राम्रो आम्दानी गर्न सक्ने आधार तय गर्न हेफरसँग सहकार्य गरिएको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले बताउनु भयो । उहाँले भन्नुभयो, “हाम्रो जस्तो पहाडी क्षेत्रमा आम्दानी बढाउने उपायको खोजी गर्न जरुरी देखेर हामीले विभिन्न संघसंस्थासँगको सहकार्य सुरु गरेका हौं ।”
नेपालको संविधान २०७२ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरेर संघसंस्थासँगको सहकार्यमा नागरिकलाई उद्यमी बनाउन लागिएको प्रमुख खाँणको भनाई छ ।
‘भोकालाई एक छाक भोजन होईन,जीवन जीउने जुक्ती सिकाऔं’ भन्ने अभियानका साथ विपन्न तथा न्युन आय भएका महिला तथा युवा लक्षित कार्यक्रम सञ्चालन गरिदै आएको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले बताउनु भयो । पालिकालाई कृषि विकास मार्फत समृद्ध नगर बनाउने अभियानमा लागेको उहाँको भनाई छ ।
महिलालाई आर्थिक रुपमा सक्षम बनाउने अभियानका साथ कृषि र पशुपालनको क्षेत्रमा नविनतम काम सुरु गरिएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासंघका महासचिव खिमबहादुर थापाले जानकारी दिनुभयो । नेपालमा नै काम गर्नु पर्छ भन्ने सोचमा परिवर्तन गराउन हेफरसँगको सहकार्य प्रभावकारी हुँदै गएको अध्यक्ष थापाको भनाई छ ।
नेपालमा नै काम गर्ने र राम्रो आम्दानी गर्ने सम्भावना हुँदाहुँदै पनि सकारात्मक सोचको अभाव देखिएको भन्दै अध्यक्ष थापाले हेफरको सामाजिक पूँजी विकास र तालिमले राम्रो प्रभाव परेको बताउनु भयो ।
तीन पालिका चार हजार दुई सय पचास परिवार उद्यमशीलतामा जोडिदै ।
जिल्लाका तीन पािलकामा सञ्चालन हुने तीन परियोजनामा चार हजार दुई सय पचास परिवार उद्यमशीलतामा प्रत्यक्ष रुपमा जोडिने पालिकाहरुले जनाएकाछन् ।
वालिङ नगरपालिकाका एक हजार छ सय,गल्याङ नगरपालिकाका एक हजार चार सय र कालीगण्डकी गाउँपालिकाका एक हजार दुई सय पचास परिवार प्रत्यक्ष रुपमा जोडिन लागेका हेफर नेपालका बरिष्ठ कार्यक्रम प्रवन्धक प्रेम साम्वयुले जानकरी दिनुभयो ।
तीन पालिकामा सञ्चालन हुने साझेदारी कार्यक्रमका लागि १० करोड १४ लाख २८ हजार पाँच सय ७१ लगानी हुनेछ । जसमा ७० प्रतिशत पालिका र ३० प्रतिशत हेफर प्रोजेक्ट नेपालको आर्थिक सहकार्य हुने प्रवन्धक साम्वयुले बताउनु भयो ।
वालिङमा तीन करोड ५० लाख, गल्याङमा तीन करोड १४ लाख २८ हजार पाँच सय ७१ र कालीगण्डकी गाउँपालिकामा तीन लाख पचास हजार बजेट रहेको छ । परियोजना सुरु भएको दुई देखि तीन बर्ष भित्रमा तोकिएका लक्ष्य पुरा गर्ने गरी काम सुरु भएको हेफर नेपालले जनाएको छ ।
कार्यक्रमम अन्तर्गत विभिन्न बैंकहरुको सहकार्यमा झण्डै ६ करोड सहुलिय कर्जाका लागि सहकार्य गरिने बताईएको छ ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…