अर्जुनचौपारी गाउँपालिकाद्धारा निःशुल्क बाल स्वास्थ्य शिविर
वालिङ :
नागरिकको आवश्यकता अनुसार घरघरमा स्वास्थ्य सेवा दिँदै आएको अर्जुनचौपारी गाउँपालिकाले निःशुल्क बाल स्वास्थ्य शिविर गरेको छ । शिविरमा बालबालिकाको निःशुल्क स्वास्थ्य जाँच एवम् दाँतको स्क्रिनिङ्ग सेवा प्रवाह गरिएको हो ।
पालिकाले गाउँपालिका परिसरमा गरेको एक दिने बाल स्वास्थ्य शिविरमा ११८ जना दाँत र १९३ जना बालरोग गरी ३११ जना बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा लिएका हुन्। गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकाका बालबालिका स्वास्थ्य समस्याका कारण पोखरा र काठमाडौँ पुग्दा दुःख तथा आर्थिक व्यय व्यहोरेको देखेपछि आवश्यकता महसुस गरेर बाल स्वास्थ्य शिविर गरेको बताउनुभयो ।
शिविरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) का वरिष्ठ बाल रोग विशेषज्ञ डा. रामचन्द्र बास्तोला, वरिष्ठ दन्त रोग विशेषज्ञ डा. भावना सिग्देल, डा. अभिषेक रमण पराजुली र गाउँपालिकाको स्वास्थ्य टिमले बालबालिकालाई परीक्षण र आवश्यक परामर्श दिइएको थियो । शिविरमा अर्जुनचौपारी, पुतलीबजार १३, भिरकोट ७ का एक महिनादेखि १४ वर्ष सम्मका बालबालिका सहभागी रहेका थिए ।
पालिकाले बाल स्वास्थ्य शिविर गरेर गुन लगाएको बताउँदै अभिभावक दुर्गा तिवारीले सबै खाले रोगको विशेषज्ञ सहितको शिविर महिना महिनामा गर्नुपर्ने बताउनुभयो । पालिकाले पालिका कार्यालय भित्र आँखा जाँच केन्द्र राखेको छ भने घरघरमा पुगेर वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गर्दै आएको छ । यस्तै पालिकाले पालिका भित्रका गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा पनि दिँदै आएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


