स्याङ्जाका पालिकाले घटाउँदै बेरुजु
राधाकृष्ण डुम्रे
वालिङ, जेठ १५ गते । स्याङ्जाका स्थानीय तहले बेरुजु घटाउँदै लगेको छ । एक वर्षको अन्तरालमा जिल्लाका ११ वटै पालिकाहरू बेरुजु रकम घटाउन सफल भएका हुन् ।
महालेखा परीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा स्याङ्जाका पालिकाहरूको १५ करोड ३२ लाख ६२ हजार बजेट बेरुजु देखिएको छ ।
यसअघिको ६० औँ वार्षिक प्रतिवेदन अनुसार जिल्लाका पालिकाहरूमा २६ करोड ५७ लाख २८ हजार बेरुजु रकम रहेको उल्लेख थियो । अघिल्लो वर्षको तुलनामा ६१ औँ वार्षिक प्रतिवेदन अनुसार ११ करोड २४ लाख ६६ हजार बेरुजु कम भएको देखिन्छ । पछिल्लो वर्षमा जिल्लाका पालिकाहरूले बेरुजु कम गर्न सफल भएको देखिन्छ ।
कुल बजेट १६ अर्ब ६८ करोड ५७ लाख ६२ हजारको कार्यालयले गरेको लेखापरीक्षणमा जम्मा ० दशमलव ९२ प्रतिशतले हुन आउने बजेट बेरुजु देखिएको छ । बेरुजुमध्ये ५ नगरपालिकाको ११ करोड आठ लाख ६१ हजार र ६ गाउँपालिकाको चार करोड २४ लाख एक हजार रहेको छ ।
पुतलीबजार, वालिङ, गल्याङ, चापाकोट नगरपालिका तथा कालीगण्डकी, आँधीखोला, अर्जुनचौपारी, हरिनास, बिरुवा तथा फेदीखोला गाउँपालिकाले उल्लेख्य रूपमा आफ्नो बेरुजु रकम कम गर्न सफल भएका प्रतिवेदनले देखाएको छ । भीरकोट नगरपालिकाको भने शून्य दशमलव १७ प्रतिशतले बेरुजु रकम बढेको देखिन्छ ।
कुन पालिकाको कति छ बेरुजु
रकमको आधारमा नगरपालिका मध्ये सबैभन्दा बढी बेरुजु पुतलीबजारको देखिएको छ भने सबैभन्दा कम गल्याङ्को देखिएको छ । जिल्लाको सबैभन्दा बढी बेरुजु हरिनासको २ दशमलव ८८ प्रतिशत देखिएको छ भने सबैभन्दा कम कालीगण्डकी गाउँपालिकाको ० दशमलव १० प्रतिशत देखिएको प्रतिवेदनमा उल्लेख छ ।
पुतलीबजारको दुई अर्ब ३५ करोड ५८ लाख ३७ हजारको लेखापरीक्षण गर्दा तीन करोड आठ लाख ८८ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । गल्याङ्मा दुई अर्ब तीन करोड २२ लाख ८३ हजारको लेखापरीक्षण गर्दा एक करोड ४१ लाख ७३ हजार बेरुजु देखिएको छ ।
चापाकोटको एक अर्ब ५० करोड २८ लाख ७७ हजारको लेखापरीक्षणमा एक करोड ७४ लाख ३० हजार बेरुजु देखिएको छ ।भीरकोटको एक अर्ब ४३ करोड २५ लाख ५५ हजारको लेखापरीक्षण गर्दा दुई करोड ५९ लाख ७९ हजार बेरुजु देखिन्छ ।वालिङको दुई अर्ब ४२ करोड ७५ लाख ५१ हजारको लेखापरीक्षण हुँदा दुई करोड २३ लाख ९१ हजार बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
गाउँपालिका तर्फ अर्जुनचौपारीको एक अर्ब ८८ लाख १९ हजारको लेखापरीक्षण हुँदा ३६ लाख २३ हजार बेरुजु देखिएको छ । आँधीखोलाको एक अर्ब ३३ करोड ६६ लाख १० हजारको लेखापरीक्षणमा १९ लाख ७७ हजार बेरुजु देखिएको छ भने कालीगण्डकीको एक अर्ब ४५ करोड ९८ लाख ६० हजारको लेखापरीक्षण गर्दा १५ लाख आठ हजार बेरुजु देखिएको छ ।
त्यसैगरी फेदीखोलाको एक अर्ब एक करोड ७१ लाख ३१ हजारको लेखापरीक्षणमा ३९ लाख ७८ हजार बेरुजु छ भने बिरुवाको एक अर्ब १३ करोड ८६ लाख ४७ हजारको लेखापरीक्षण गर्दा ३२ लाख ६७ हजार बेरुजु देखिएको छ । हरिनासको ९७ करोड ३५ हजार ९२ लाखको लेखापरीक्षण हुँदा दुई करोड ८० लाख ४८ हजार बेरुजु देखिएको प्रतिवेदन उल्लेख छ ।
जिल्लाका पालिकामध्ये पुतलीबजार, भीरकोट र चापाकोट नगरपालिका तथा हरिनास गाउँपालिकाको बेरुजु रकम एक प्रतिशतभन्दा बढी छ भने अन्य पालिकाको बेरुजु एक प्रतिशतभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । gorkhapatra online
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


