आँधीखोलाको झण्डा सगरमाथामा
स्याङ्जा :
स्याङ्जाको आँधीखोला गाउँपालिकाको झण्डा विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहरिएको छ । आँधीखोला गाउँपालिका –२ चिलाउनेबासका ३६ वर्षीय सुरज पौडेलले सगरमाथा आरोहणमा सफलता हासिल गरेसँगै जन्मभूमि रहेको पालिकाको झण्डा सगरमाथामा फहराउनु भएको हो ।
अरोहणमा सफलता पाएपछि सामाजिक सञ्जाल फेसबुकमा तस्बिर आएपछि सो कुराको जानकारी भएको पालिका अध्यक्ष विश्व पौडेलले बताउनुभयो । गत चैत २० गते शेर्पा एक्स्ट्रिम प्रालिमार्फत सगरमाथा आरोहणमा जानु भएका पौडेलले जेठ ७ गते बिहान १० बजेर २० मा सफलता प्राप्त गर्नुभएको थियो ।
सशस्त्र प्रहरी बल नेपालमा सेवारत प्रहरी निरीक्षक पौडेलले ससस्त्र प्रहरी बलको समेत झण्डा फहराउनु भएको थियो । सगरमाथा आरोहण गर्ने पौडेल आँधिखोला मात्र नभएर जिल्लाकै पहलिो व्यक्ति हुनुभएको छ । पौडेल सशस्त्र प्रहरीबाट सगरमाथा आरोहण गर्ने पहिलो ब्यक्ति पनि हुनु भएको छ ।
२०६७ सालमा खुला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षक पदमा उहाँ प्रवेश गर्नुभएको थियो । यसअघि पालिकाका कर्मचारी रोशन लामिछानेले मनाङको तिलिचोमा पाालिकाको झण्डा फहराउनु भएको थियो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


