एमाले स्याङ्जा अध्यक्षमा पुनः गैरे
स्याङ्जा :
नेकपा (एमाले) स्याङ्जाको नवौँ जिल्ला अधिवेशनमा पारस गैरे निर्विरोध अध्यक्ष निर्वाचित हुनु भएको छ । अध्यक्षमा गैरेको मात्र एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो । माओवादी केन्द्रका नेता रामबहादुर थापासँगै एमालेमा प्रवेश गर्नुभएका गैरे यस पटक अध्यक्ष बन्नुभयो ।
त्यस्तै उपाध्यक्ष महेश पुरी, सचिवमा रामचन्द्र (आरसी) भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चिनमायाँ गुरुङ निर्विरोध हुनुभएको छ । पदाधिकारीमा निर्विरोध भए पनि सदस्यमा भने आवश्यक भन्दा धेरैको उम्मेदवारी परेको छ । पालिकास्तरमा केही सदस्य निर्विरोध हुनुभएको छ । १८ खुल्ला सदस्यका लागि ४७ जनाको उम्मेदवारी परेको छ । ६ जना महिला खुल्ला सदस्यको लागि १० जनाको उम्मेदवारी परेको छ ।
दुई युवा सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ । ४ जना जनजाति खुल्ला सदस्यको लागी १२ जना, १ युवा महिला सदस्यको लागी २ जना, ३ जनजाति महिलाको लागी ४ जना, अल्पसंख्याक खुल्ला १ जनाको लागी २ जना मुस्लिम १ जनाको लागी ३ जना, १ मजदुर महिलाको लागी २, ३ जना दलित खुल्लामा ५ जना, १ अपांगता सदस्यमा ३ जनाको उम्मेदवारी परेको छ । सदस्यमा आवश्यकभन्दा धेरै उम्मेदवारी परेपछि थप गरी मिलाउने प्रयास भइरहेको छ । अधिवेशनबाट १०५ सदस्य निर्वाचित हुनेछन् । नौ हजार ५४३ जना पार्टी सदस्य रहेको स्याङ्जा अधिवेशनमा ११ पालिकाकाका ६०९ जना प्रतिनिधि सहभागी छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


