नेपालमा सियो नबने पनि सिरिन्ज उत्पादन शुरु ।
काठमाण्डौ – “सियो पनि बन्दैन यो देशमा” भन्ने भाष्यलाई चिर्दै फरच्युना हेल्थ केयरले नेपालमै पहिलोपल्ट सिरिन्ज उत्पादन शुरु गरेको छ । उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणासहितको टोलीले मेडिकलजन्य सामग्री सिरिन्ज उत्पादन शुरु गरेको हो ।
ललितपुरको चुनिखेलमा स्थापना गरेको सिरिन्ज उद्योगको उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज उद्घाटन गर्नुभएको छ । उद्घाटनसँगै फरच्युना ब्रान्डका सिरिन्ज बिक्री वितरणसमेत शुरु भएको छ ।
नेपालमा अन्तर्राष्ट्रियस्तरको सिरिन्जलगायत मेडिकलजन्य सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको फरच्युना हेल्थ केयर प्रालीकी अध्यक्ष भवानी राणाले जानकारी दिनुभयो ।
नेपालमा वर्षमा ५७ करोड ८३ लाख रुपैयाँभन्दा बढीको सिरिन्ज आयात भइरहेको छ । १७ भन्दा बढी देशबाट आयात हुने सिरिन्जको गुणस्तर परीक्षण नहुँदा स्वास्थ्यकर्मी र सेवाग्राहीले दुःख पाइरहेका कारण गुणस्तरीय सिरिन्ज उत्पादन गर्न थालेको राणाले बताउनुभयो । अध्यक्ष राणाले देशमा आवश्यक हुने सिरिन्ज उत्पादन गर्नसक्ने पूर्ण क्षमता रहेको दाबी पनि गर्नुभयो ।
८० करोड रुपैयाँको अनुमानित लागत रहेको सिरिन्ज उद्योगमा ५० करोड रुपैयाँभन्दा धेरै लगानी भइसकेको छ ।
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


