नेपालमा सियो नबने पनि सिरिन्ज उत्पादन शुरु ।

काठमाण्डौ – “सियो पनि बन्दैन यो देशमा” भन्ने भाष्यलाई चिर्दै फरच्युना हेल्थ केयरले नेपालमै पहिलोपल्ट सिरिन्ज उत्पादन शुरु गरेको छ । उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणासहितको टोलीले मेडिकलजन्य सामग्री सिरिन्ज उत्पादन शुरु गरेको हो ।
ललितपुरको चुनिखेलमा स्थापना गरेको सिरिन्ज उद्योगको उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज उद्घाटन गर्नुभएको छ । उद्घाटनसँगै फरच्युना ब्रान्डका सिरिन्ज बिक्री वितरणसमेत शुरु भएको छ ।
नेपालमा अन्तर्राष्ट्रियस्तरको सिरिन्जलगायत मेडिकलजन्य सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको फरच्युना हेल्थ केयर प्रालीकी अध्यक्ष भवानी राणाले जानकारी दिनुभयो ।
नेपालमा वर्षमा ५७ करोड ८३ लाख रुपैयाँभन्दा बढीको सिरिन्ज आयात भइरहेको छ । १७ भन्दा बढी देशबाट आयात हुने सिरिन्जको गुणस्तर परीक्षण नहुँदा स्वास्थ्यकर्मी र सेवाग्राहीले दुःख पाइरहेका कारण गुणस्तरीय सिरिन्ज उत्पादन गर्न थालेको राणाले बताउनुभयो । अध्यक्ष राणाले देशमा आवश्यक हुने सिरिन्ज उत्पादन गर्नसक्ने पूर्ण क्षमता रहेको दाबी पनि गर्नुभयो ।
८० करोड रुपैयाँको अनुमानित लागत रहेको सिरिन्ज उद्योगमा ५० करोड रुपैयाँभन्दा धेरै लगानी भइसकेको छ ।
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…